शुक्रबार, साउन ३, २०७६

सडकमाथिबाट बालुवा निकालेका कारण लेदाे खसेर प‍ृथ्वी राजमार्ग अबरुद्ध

  • प्रकाशित मिति : बिहिबार, असार १२, २०७६



  • काठमाडौं । बिहीबार बिहान २ः३० बजे सडकमाथिबाट खसेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडकभन्दामाथिबाट बालुवा निकालेका कारण धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारबाट महेशदोभान बजारसम्मको एक किलोमिटर सडक लेदोले पुरिएपछि सडक अवरुद्ध भएको हो ।

    प्रहरीका अनुसार लेदो खसेपछि गएरातिदेखि नै सवारी आवागमन प्रभावित भएको छ ।दुवैतर्फ सवारीको लामो लाम लागेको छ । कतिपय सवारी सडकमा खसेको लेदोमा समेत फसेका छन् ।

    अवरुद्ध सडक सञ्चालनमा ल्याउन गाउँपालिका र बालुवा व्यवसायीले डोजर परिचालन गरेर काम गरिरहेको प्रहरीले जनाएको छ । राजमार्ग माथिबाट खनिएको सडक पनि समस्याका रुपमा खडा भएको स्थानीयको गुनासो छ । अव्यवस्थित रुपमा खनिएको सडकको लेदो सोझै सडकमा खस्दा यसअघि पनि सडक अवरुद्ध भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology