शुक्रबार, साउन ३, २०७६

विश्वकप क्रिकेट: अपराजित टोली न्युजिल्यान्डमाथि पाकिस्तानकाे शानदार जित

  • प्रकाशित मिति : बिहिबार, असार १२, २०७६



  • लन्डन । लन्डन । क्रिकेट विश्वकप २०१९ को अपराजित टोली न्यूजिल्याण्डमाथि पाकिस्तानले ६ विकेटको सानदार जित निकालेको छ ।  यसअघि खेलेका ६ खेलमध्ये एक खेल वर्षाले प्रभावित पारेको थियो भने पाँच खेलमा न्युजिल्यान्डले जित निकालेको थियो।

    न्युजिल्यान्डले दिएको दुई सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पाँच बल बाँकी छँदा चार विकेट गुमाएर विजय लक्ष्य भेट्टायो। पाकिस्तानका लागि बाबर आजमले शतकीय पाली खेले। तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान उत्रिएका उनले एक सय २७ बलमा ११ चौकाको मद्दतमा एक सय एक रन बनाए। यसैगरी हरिस सोहेलले ६८ रन सहित अर्धशतक बनाए। उनले बनाए। यस्तै मोहम्मद हाफिजले ३२, इमाम उल हकले १९ र फाखर जामनले नौ रन बनाए।

     यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराव प्रदर्शन गरेको थियो। ६४ रनमा चार विकेट गुमाएको न्युजिल्यान्डलाई कप्तान केन विलियम्सन, जेम्स निसाम र कोलिन डे ग्रान्डहोमले सम्मानजनक योगफलसम्म डोर्‍याएका थिए। न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ३७ रनको योगफल खडा गर्‍यो। लामो समय क्रिजमा डटेका निसाम ९७ रनमा अविजित रहे। उनले एक सय १२ बल खेल्दै तीन छक्का र पाँच चौका हिर्काए। यसैगरी ग्रान्डहोमले ६४ रन बनाए। उनले ७१ बलमा एक छक्का र ६ चौका प्रहार गरे। अग्रपंक्तिका ब्याट्सम्यान लगातार पेभेलियन फर्किँदा विलियम्सनले धैर्यपूर्ण ब्याटिङ गर्दै ४१ रन बनाए। कोलिन मुनरोले १२ रन बनाउँदा मार्टिन गप्टिल पाँच रन आउट भए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology