आइतवार, भदौ ८, २०७६

बाढीमा प्रहरीको भूमिका सेल्फीमै सीमित

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • गौर। केही दिनदेखि भएको अविरल वर्षाको कारण रौतहटसहित तराईका अधिकांश जिल्लामा बाढीले अर्बौंको क्षति तथा ५० भन्दा बढीको ज्यान गएको छ । मनसुन सक्रिय भएसंगै आएको बाढीमा उद्धार कार्यको मुख्य भुमिकामा रहने नेपाल प्रहरीले भने नेतृत्वको गैरजिम्मेबार कदमका कारण आफ्नो कर्तव्य पूरा गर्न सकेनन् ।

    रौतहटका मुख्य नदीहरु बागमती तथा लालबकैयासहित अन्य नदीमा आएको बाढीले दक्षिणी भुभागसहित सिंगो जिल्ला जलमग्न भएको छ । विपदमा फसेका स्थानीयले प्रहरीबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् । विपदमा फसेको क्षेत्रका पीडित तथा जनप्रतिनिधिले सहयोग माग्दा नेपाल प्रहरीका एसपी भुपेन्द्र खत्रीले कमान्ड लिनको साटो स्थानीयलाई निराश बनाउने काम गरेका छन् ।

    ‘हामी आफै डुबिरहेका छौँ, हामी आफैले रेस्क्यु खोजिरहेका छौँ । कसरी अरुलाई सहयोग गर्नु ।’ जनप्रतिनिधिको आग्रहमा जवाफ दिदै एसपी खत्रीको जवाफ हुन्थ्यो । ‘सदरमुकामस्थित हेडक्वाटर डुबानमा भए पनि प्रहरी पङ्ति त डुबान थिएन् । कमान्ड नहुँदा प्रतिफल देखिएन । एसपी साबले हाम्रो पनि ईच्छा शक्ति मार्ने काम गर्नुभयो’ स्थानीय जनप्रतिनिधिको गुनासो छ ।

    जिल्लाभर फैलिएको प्रहरी संयन्त्रका लागि भने एसपी खत्रीको कमान्ड थियो । ‘आवतजावत छैन् । बिजुली छैन् । संचार नहुन सक्छ । आफ्नो ढंगले बस्नु ।’ जिल्लास्थित प्रहरीको नेतृत्वले नै कुनै जिम्मेवार आदेश नदिदाँ प्रहरी परिचालन हुन सकेन् । विपद्को स्थितिमा वेवास्ता गरेका उनी स्थिति सहज भएपछि भने सेल्फी खिच्नमा व्यस्त देखिए । जनप्रतिनिधिहरुले गरेको फोनमा गैरजिम्मेवार जवाफ दिने एसपी खत्रीले अहिले भने फोटो खिचाउनमा व्यस्त छन् ।

    विपदमा देखिएन प्रहरी नेतृत्वको भूमिका

    बागमती नदीको बाँध भत्किएर गढीमाई नगरपालिका ३ लक्ष्मीपुर बस्ती डुबानमा पर्दा प्रहरीलाई उद्धारका लागि गुहार्दा आफुहरुलाई आदेश नभएको भन्दै इलाका प्रहरी कार्यालय, समनपूरबाट कोही नआएको स्थानीय रमेश यादवले बताए । यादवले भने, ‘प्रहरीलाई जानकारी गराउदा पनि कोही आउनुभएन । हामीलाई कुनै आदेश छैन हामी तत्काल आउन सक्दैनौं भन्ने उहाँहरुको जवाफ थियो । पछि उहाँहरु आउनुभयो तर उहाँहरुको ध्यान उद्धार कार्यभन्दा पनि फोटो खिच्नमा बढी केन्द्रित थियो । हामीले बारम्बार आग्रह गर्यौँ तर उल्टै हामीलाई झपार्नु हुन्थ्यो ।’

    इलाका प्रहरी कार्यालयका एक प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट एसपी भुपेन्द्र खत्रीले फोन सम्पर्क हुन नसक्ने भन्दै आफ्नो र कार्यालयको ध्यान राख्न आदेश दिएका थिए । एसपी खत्रीले बाढी नियन्त्रण तथा उद्धार कार्यका बारेमा केही नभने उनले बताए ।

    ईशनाथ नगरपालिकाको औरैया, बन्जरहालगायतको क्षेत्रमा पनि पूर्ण रुपमा डुबानमा रहँदा समेत प्रहरीले वेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । औरैयामै रहेको प्रहरी चौकीबाट समेत कुनै एक्सन नलिएको स्थानीय मोहमद जमशेदले जानकारी दिए । ‘प्रहरीलाई हामीले बार बार भन्यौ तर उहाँहरुले एसपी साबको आदेश नभएको भन्दै कुनै कदम चाल्नुभएन । अब प्रहरीले नै हामीलाई साथ नदिदा कसलाई पत्याउने ?’ जमशेदले आक्रोश पोखे ।

    यो अवस्था जिल्लाको केही स्थानमा मात्र नभइ अधिकांश क्षेत्रमा देखियो । नेपाल प्रहरीले पूर्ण सक्रियता नदेखाउदा विभिन्न स्थानमा रोक्न सकिने संभावित क्षति पनि रोक्न सकिएन । यस विषय एसपी खत्रीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

    जिल्ला प्रहरी कार्यालयका एक प्रहरीका अनुसार सशस्त्र प्रहरी बल तथा सेना सक्रिय रहँदा पनि आदेश अभावकै कारण नेपाल प्रहरीले पूर्ण सक्रियता देखाउन सकेन । प्रहरी कामभन्दा पनि सेल्फी खिच्नमा बढी रमाएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology