आइतवार, भदौ ८, २०७६

देशभरका चिकित्सकलाई औषधी ब्यवस्था विभागको एउटा जरुरी सूचना

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं । औषधि व्यवस्था विभागले देशभरका चिकित्सकहरुलाई ७ दिनभित्र अभाव औषधीका बिषयमा जानकारी गराउन उर्दी जारी गरेको छ । मानिस तथा पशुपंक्षीको उपचारमा आवश्यक कतिपय जीवनरक्षक औषधि पछिल्लो समय बजारमा अभाव छ । त्यस्ता अभाव रहेका औषधीका बिषयमा ७ दिनभित्र जानकारी गराउन बिभागले निर्देशन दिएको छ । औषधीको अभावले चिकित्सकहरूले उपचारमा कठिनाइ पर्दै आएको छ ।

    बजारमा अतिआवश्यक औषधीका अभाव रहेको भन्दै चिकित्सकहरुले गुनासो गरेका थिए । चिकित्सकहरुको गुनासो सुनेर नियामक निकाय बिभागले अभाव रहेको औषधीको विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै बिभागले ७ दिने भित्र अभाव रहेको औषधीको जानकारी गराउन आग्रह गरेको छ ।

    ‘बिरामीहरू मानिस तथा पशुपंक्षीको उपचारमा आवश्यक कतिपय जीवनरक्षक औषधिहरू बजारमा उपलब्ध नभएको कारण उपचारमा अत्यन्त कठिनाइ भइरहेको भन्ने गुनासाहरू पटक–पटक यस विभागमा आउने तथा पत्रपत्रिकामा समाचार प्रकाशन हुने गरेकोमा के कस्ता औषधिहरूको बजारमा अभाव रहेको हो, सो सम्बन्धमा विभागमा जानकारी गराउनु हुन अनुरोध गरिन्छ’, जारी सूचनामा भनिएको छ ।
    इमेल, टेलिफोन वा केन्द्रीय कार्यालयमा सोझे आएर जानकारी गराउन विभागले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology