आइतवार, भदौ ८, २०७६

जुम्ला लुमगाउँमा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • सुर्खेत । जुम्ला पातारासी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कालीबहादुर रावत कुटिएका छन् भने प्रहरी गाउँबाट लखेटिएका छन् । जडीबुटी चोरी निकासीेको आरोपमा स्थानीयबासीले वडा अध्यक्ष कुटेका छन् भने घटना नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई लखेटेका छन् ।

    बागजाले सामुदायिक वनभित्रको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले वडाध्यक्षलाई कुटपिट गरिरहेका बेला प्रहरी पुगेको थियो । आक्रोसित स्थानीयबासीले नारा लगाउँदै वडाध्यक्षको राजीनामा पनि मागेका छन् ।

    सामुदायिक वनमा पाइने सेतोचिनी चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको स्थानीयवासीले दावी गरेका छन् । आक्रोसित वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका थिए । स्थानीय प्रहरीमाथी जाइलागेपछि उनीहरु पछिहटेका छन् । सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका र हातपात भएको डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज प्रेमबहादुर थापाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology