बुधबार, अशोज १, २०७६

विप्लव समूहले लियाे धनगढी विष्फाेटकाे जिम्मा

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं । धनगढीस्थित सहिद गेटमा भएको बम विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले लिएको छ।बिहीबार साँझ एक जनाको मृत्यु र चार जना घाइते हुनेगरी भएको सो घटनाको जिम्मा विप्लव नेकपाले लिएको हो।

    शुक्रबार नेकपाको सेती महाकाली व्यूरो इन्चार्ज निर्माणले एक विज्ञप्ति प्रकाशित गर्दै पार्टी कार्यकर्ताले आत्मसुरक्षाका लागि बोकेको बम विष्फोट भएको बताएको छ। मृत्यु हुने रामबहादुर सिंह आफ्नै पार्टीको कार्यकर्ता भएको बताइएको छ ।

    जारी विज्ञप्तिका भनिएको छ, ‘हिजो साँझ घनगढी उपमहानगरपालिका सहिद गेट नजिकै पार्टी कामको सिलसलामा आत्म सुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा शाहदत प्राप्त गर्नुहुने रामबहादुर सिंह क राजेशलाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ।’

    विज्ञप्तिमा सो विष्फोटमा परी घाइते हुनेहरुको उपचार खर्च पार्टीले व्योहोर्ने भन्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल र डाक्टरहरुसँग अनुरोध समेत गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology