बुधबार, अशोज १, २०७६

भारतीय जासुसी संस्था रअ प्रमुख गोयलसँग मध्यरातमा ओली, विहानै प्रचण्डले भेटे

  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६



  • काठमाडौं । आकस्मिक नेपाल भ्रमणमा आएका भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सम्वाद गरेका छन् । आइतवार राति प्रधानमन्त्री ओलीलाई भेटेका गोयलले सोमबार विहान दाहालसँग गोप्य भेटवार्ता गरेका छन् । तर ओली र दाहालको सचिवालयले भने भारतीय जासुसी संस्थाका प्रमुखसँग भएको भेटलाई औपचारिकरुपमा पुष्टी भने गरेका छैनन् ।

    आइतवार नेपाल भ्रमणमा आएका गोयल तीन दिन नेपाल बस्ने योजना बनाएका थिए । तर प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा र प्रचण्डलाई निवास खुमलटारमा भेटेपछि उनी सोमबार नै स्वदेश फर्केका छन् । दाहालसँगको भेट बाहिर आएपछि प्रधानमन्त्रीको नीजि सचिवालयले भेटघाट लुकाउन खोजेको थियो । तर भारतीय राजदूत मञ्जिवसिंह पुरीले ओली र गोयलको भेटलाई पुष्टी गरिदिएका छन् ।

    सोमबार भारतीय जासुसी संस्था रअको सम्मानमा भारतीय दूतावासले भोजको आयोजना गरेको थियो । भोजमा दूतावासले संघिय संसदका संसदीय समितिका सभापतिहरुलाई बोलाएको थियो । धेरै सभापतिहरु दूतावासको भोजमा पुगेभने केही सभापति आलोचनाको डरले पुगेनन् । संसदीय समितिका सभापतिहरुसँग राजदूत पुरीले ओली र गोयलबीच भेटवार्ता भएको पुष्टी गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology