आइतवार, भदौ ८, २०७६

नेपालकाे सिंगापुरसँग फराकिलाे हार, टी-२० विश्वकम सपना अधुरै

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • काठमाडौं । सिंगापुरसँगकाे खेलमा वेहाेरकाे हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहेकाे छ । आइतबार भएको खेलमा नेपालले ८२ रनको फराकिलो हार वेहाेरेकाे छ भने  सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरको खेलमा १९१ रन बनाएको थियाे । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । नेपालका कप्तान पारस खड्का १२ रनमै आउटपछि नेपाल शुरुमै दवावमा परेकाे थियाे । ज्ञानेन्द्र मल्ल २१ बलमा ३९ रन बनाएर आउट भएका  थिए ।

    त्यसपछि सम्हालिन नसकेका नेपाली खेलाडीमा दिपेन्द्र सिंह ऐरीले २३ रन, सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालका लागि अभिनास बोहराले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए भने करण केसीले २ विकेट लिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology