आइतवार, भदौ ८, २०७६

अहिल्यै सम्मान नगर्नुस्, मेरो कार्यकाल चार वर्षको हो : सदस्य–सचिव सिलवाल

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई अहिल्यै सम्मान नगर्न आग्रह गरेका छन् ।
    नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘म नियुक्त भएको बर्खर १८ दिनजति भयो । अहिले नै मैले सम्मान गर्नलायक कुनै काम गरेको छैन’, उनले भने, ‘सदस्य–सचिवमा नियुक्त भएकै कारण सम्मान गरिहाल्नुपर्दैन । मेरो कार्यकाल चार वर्षको हो । यो अवधिमा म सम्मान गर्न लायक काम गरे भने सम्मान गर्नुस् । काम गर्न सकिन भने लायकको अगाडि ना थपिदए हुन्छ । बधाई तथा शुभकामना कार्यक्रम हो भने ठीकै छ । यसलाई म स्वीकार गर्छु ।’
    उनले विद्यालय तहबाटै प्रतिभावन खेलाडीको पहिचान गर्न सकिने बताएँ । यसकारण शिक्षा र खेलकुदलाई सँगै लानुपर्नेमा उनले जोड दिए । नेताहरुलाई कुनै कुनै प्रकारले खेलकुदमा संलग्न गराउन आफूले योजना बनाइरहेको उनले सुनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology