आइतवार, भदौ ८, २०७६

सिंगापुरमा नेपाली टोलीको अपमान !

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • काठमाडौं । टी–२० विश्वकप खेल्ने नेपालको सपना सिंगापुरले चकनाचुर पारिदिएको छ । सिंगापुरको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा आइतबार भएको आईसीसी टी–२० विश्वकपकोे एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको हो । सिंगापुर समूह विजेता बन्दै ग्लोबल छनोटमा पुग्दा नेपाल उपविजेतासम्म पनि बन्न सकेन ।

    Photo source cricketingnepal

    कतारले नेपाललाई तेस्रो स्थानमा धकेलेको छ । दुई खेल जितेको नेपाल ४ अंकसहित तेस्रो स्थानमा रह्यो। ४ अंकै भए पनि नेपाललाई रनरेटमा उछिन्दै कतारले दोस्रो स्थान ओगटेको छ। नेपाललाई पहिलो खेलमै कतारले ४ विकेटले पराजित गरेको थियो । आइतबार सुरुमा भने नेपाललाई उपविजेता घोषणा गरी खेलाडीलाई मेडलसमेत लगाइदिएको थियो । नेपाललाई उपविजेताको ट्रफी दिने बेला भने मेडलसमेत खोसिएको थियो । नेपालका टिम म्यानेजर रमण सिवाकोटीले मेडल फिर्ता गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology