सोमवार, भदौ २, २०७६

क्रिकेट रंगशाला बनाउन धुर्मुस–सुन्तलीलाई साढे ५१ लाख रुपैयाँ सहयोग

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • भरतपुर । चितवनको भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न धुर्मुस–सुन्तली फाउन्डेसनलाई साढे ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । मेयर रेणु दाहालले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई उक्त रकमको चेक हस्तान्तरण गरिन्। महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सहयोग रकम संकलन गरिएको थियो ।

    रंगशाला बनाउन जिल्लावासी जुर्मुराएको मेयर दाहालले बताइन् । यो रंगशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि महोल सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन् ।

    महानगरपालिकाले चालू वर्ष ५ करोड ४५ लाख विनियोजन गरिसकेको छ । प्रदेश ३ बाट पनि ५ करोड विनियोजन भएकाले डीपीआर निर्माणको काम बढिरहेको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । फाउन्डेसन र महानगरपालिकाबीच रंगशाला निर्माणका लागि माघमा सम्झौता भएको थियो ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology