शुक्रबार, साउन ३, २०७६

नेपालको सेमिफाइनल प्रतिद्वन्दी मलेसिया

  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६



  • काठमाडौं । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनल आयोजक मलेसियासँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ‘बी’ को उपविजेता मलेसियासँग खेल्ने भएको हो ।

    शनिबार समुह बी को अन्तिम खेलमा मलेसिया हङकङसँग ३ रनले पराजित भएपछि नेपालसँग सेमिफाइनल खेल्नु परेको हो । मलेसिया समुह बी को उप विजेता र हङकङ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । विजेता हङकङले र समहु ए को उप विजेता सिंगापुरसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियाबीचको खेल सोमबार हुनेछ ।

    नेपाल शुक्रबार सिंगापुरलाई पराजित गर्दै समूह विजेता बनेको थियो । नेपालले २ खेलबाट ४ अंक जोडेको थियो । २ अंक जोडेको सिंगापुर उपविजेता बनेको थियो ।

    क्वालालम्पुरस्थित किनरारा ओभलमा हङकङले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ ओभर १ बलमा अलआउट हुँदै १६९ रनमा समेटियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology