शुक्रबार, साउन ३, २०७६

मर्ज हुन १६ बैंक तयार, लघुवित्त पनि मर्जरकै बाटोमा

  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६



  • काठमाडौं । १६ वाणिज्य बैंक मर्ज हुन तयार देखिएका छन् । मर्जरको लिखित प्रतिबद्धता लिएर यी बैंकका अधिकारी राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंकले बजेटमा भएको व्यवस्था कार्यान्वयन नभएको भन्दै मौद्रिक नीति आउनुअगावै बैंकहरूलाई मर्जरमा जान निर्देशन दिएको थियो ।

    राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार १६ वाणिज्य बैंक, एक विकास बैंक र नेपाल लघुवित्त बैंकर्स संघले प्रतिबद्धतापत्र बुझाएका छन् । संयुक्त लगानीकै एनएमबी बैंक, सनराइज, सिटिजन्स, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ्रे्र, सेन्चुरी, ग्लोबल आईएमई, कुमारी, एनआईसी एसिया, हिमालयन, मेगा, नेपाल इन्भेस्टमेन्ट बैंकले मर्जरमा जान इच्छुक रहेको जनाएका छन् । करिब ५४ प्रतिशत वैदेशिक लगानीमा सञ्चालित नेपाल एसबीआई बैंकले पनि लिखित प्रतिबद्धता पेस गरेको छ । विकास बैंकअन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले मर्जरमा जान इच्छुक भएको पत्र पठाएको राष्ट्र बैंकले जनाएको छ । जनता बैंकले ग्लोबल आईएमईसँग मर्ज हुन शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

    बैंकहरूले मर्जर समिति गठन गरी छलफल चलाइरहेको जानकारीमा आएको उनले सुनाए । २०७६÷७७को मौद्रिक नीतिले ९२ वटा लघुवित्त कम्पनी र अझै स्वीकृतिको पर्खाइमा बसेका ३५ लघुवित्तलाई फोर्सफुल्ली मर्जर तथा एक्विजिसनमा लग्ने तयारी राष्ट्र बैंकको छ । नेपाल लघुवित्त बैंकर्स संकले एकमुष्ठ मर्जर तथा एक्विजिसनमा जान प्रतिबद्धता पेस गरेको छ । बैंकरले भने मौद्रिक नीतिले मर्जरका लागि आफ्ना माग सम्बोधन गरिदिन सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology