शुक्रबार, साउन ३, २०७६

खुल्ला पत्र: ‘प्रधानमन्त्री ज्यु, उचालिने र थचारिने काम नगर्ने पाे हाे की !

  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६



  • सुशिल ज्ञवाली

    सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्यु,
    हार्दिक अभिवादन !

    संसार बेलायतको गुलाम हुँदासमेत हाम्रा वीर पुर्खाहरुले नेपाललाई स्वाधिन राखेको इतिहास हामीले आध्ययन गरेका छौं । हामीलाई थाहा छ । हाम्रो छिमेकि मुलुक भारत समेत बेलायतको गुलाम बन्याे । हालको शक्तिशाली राष्ट्र अमेरिका बेलायतको गुलाम भएको कुरा , इतिहास साक्षी छ । कसैकाे गुलाम नबनेकाे नेपालकाे इतिहाससामू उभिएर हामी आज स्वतन्त्रता महशुस गर्न सकिरहेका छैनाैं ।

    सम्माननीय प्रधानमन्त्री ज्यु, तपाई सत्तामा आइसकेपछि नेपाली जनताले निकै ठशूलो आश गरेका थिए । बर्सौ गरिबिमा पिल्सिएका नेपालीले तपाईको पालामा आफु समृद्ध हुने सपना देखेका थिए । आफ्ना सन्तानहरुले राम्रो शिक्षा दिक्षा पाउनेछन् भन्ने आश गरेका थिए । उनीहरुलाई अशा थियो, दैनिक अन्तर्राष्ट्रिय बिमानस्थलमा झर्ने लाशहरुको संख्यामा उल्लेख्य कमी आउने छ । अझ भनौं स्नातकोत्तरको उपाधी ग्रहण गरेर श्रम मन्त्रालयबाट श्रमिकको अनुमती लिंदै अरब, मलेसिया, कतार, कोरियाजस्ता मुलुकका लागि लामबद्द हुने दिन समाप्त हुनेछ ।

     

    प्रधानमन्त्री ज्यु , मेरो कुरा गर्ने हो भने आंशिक रुपमा म तपाईले गरेका कामहरुमा खुसी नै छु । भारतले गरेको अघोषित नाकाबन्दीमा सतिसाल भएर उभिएको कुरा मेरो मानसपटलमा अझ ताजै छ । तर, आश गरे अनुरुप कार्य हुन नसकेको गुनसो आम जनताको छ ।  हामीलाई डर छ, कतै नेपाल नवउपनिवेश बन्ने त  होइन ?  हाम्रो स्वाधिनता ,सार्बभौमिकत , स्वतन्त्रता आत्मसम्मान,  मौलिकतामा ठेश नलागोस्। हाम्रा सन्ततिले विश्वमानचित्रमा हराएको सिमा खोज्न नपरोस् । हाम्रा सन्तानहरुले वीर गोर्खाली र नामर्द नेपाली गरी दुई थरि इतिहास पढ्नु नपरोस्। भ्रस्टाचारले कुरुप भएको राष्ट्र बेहाेर्नुनपराेस् ।

    प्रधानमन्त्री ज्यु, तपाई सत्तामा  आएपछि जनताले साेचेका थिए संस्थागत भ्रस्टाचारमा कमी आउने छ ।  जनता पानी पिउन नपाउने स्थितिकाे अन्त्य हुनेछ । स्वदेशमै राेजगारी पाइनेछ । तुइन भाषणमा मात्र हाेइन, वास्तमै म्युनियममा राखिनेछ । तुइन विस्थापित हुनेछ । सरकारी शिक्षा र स्वस्थ्यकाे गुणस्तरमा भारी वृद्धि गरिनेछ । गरिवीका कारण गुणस्तरिय शिक्षा र स्वस्थ्यबाट काेही बञ्चित हुनुपर्दैन । तर, यी सबै कुरै मात्र भए । केही नभएका हाेइनन्, तर भनिएकाे अनुसार तर सारै थाेरै भयाे ।

    नेपाली बजारमा गुणस्तरीय उत्पादनले मात्र स्थान प्राप्त गरुन भन्ने चाहना जनताको थियो । नेपालका चेलीहरु बोक्सीको आरोपमा प्रताडित हुन नपरोस साथै अबोध र अबला चेलीहरु ब्यभिचारिको नजरमा नपरुन । तर तपाईकै शासनकालमा निर्मला पन्तहरु सुरक्षित हुनसकेनन् । तपाईलाई थाहा छ, नेपालमा काजोल खातुनहरु सुरक्षित छैनन् । अनिता यादबहरु सुरक्षित छैनन् । तपाईकाे शासनमा नेपाली जनताले गरेकाे अपेक्षा यस्ताे हुँदै हाेइन ।

    विगतदेखि विग्रदै आएकाे देशकाे थिती रातारात राम्राे हुन सक्दैन । तपाईले धेरै काम सफलतापूर्वक गर्नुपनि भएकाे छ । तुइन विस्थापनकाे सवालमा काम भैनै रहेकाे छ । सिन्डिकेटकाे दादागिरीमाथि तपाईकाे सरकारले चालेकाे कदम प्रश‌ंसा गर्न लायन छ ।

    प्रधानमन्त्री ज्यु , तपाइलाई एउटा आरोप लाग्ने गर्छ कि तपाई एक्कासी उचालिनुहुन्छ र थचक्क बस्नु हुन्छ । त्यो कुरालाई अहिले भर्खरै भारतबाट आयात हुने तरकारीमा बिसादी चेक जाँच गर्ने बिषयले प्रमाणित गरेको छ । कृपया यसरी उचालिने र पछारिने कुरामा बिचार पुर्याउदा अलि सरकारलाई र देशलाई पनि कम हानी हुन्थ्याे कि ? भारतबाट बिषाधि मिसिएको तरकारी आयात हुन्छ भन्ने कुरा नेपाली जनताले तपाईंबाटै थाहा पाएका छ्न् । तर, याे विषयमा किन तपाई भारतसँग झुक्नुभयाे ? जनताले प्रश्न गरिरहेका छन् । यसकाे जवाफ तपाईले नेपाली जनतासामू दिनै पर्छ ।  यस्ता थुप्रै कुराहरु छन् ।

    अन्तमा, तपाईप्रति थुप्रै आलाेचनाहरु हुँदाहुँदै पनि आशा छ तपाईले विषादी मिसिएकाे तरकारी जनतालाई खान बाध्य पार्नुहुने छैन । तपाइकै पालामा नेपाल समृद्ध बनाेस् । निर्माला पन्तहरुले न्याय पाउन । द्वन्द्वका काला बादलहरु पाटार जाउन । सिमाबाट हराएका पिलरहरु पुन: यथास्थानमा गडिन सकाेस् । देशकाे रक्षाका लागि जीवनकाे आहुती दिने गोबिन्द गौतमका आत्माले शान्ति पाउनसकाेस् ! कुरा कम र काम बढी भएकाे देख्न पाइयाेस् । अर्काे चुनावसम्म जाँदा जनतालाई तपाईकाे दलकाे नाम सुन्नै मन नलाग्ने नबनाेस् । जनता खुसी हुनेगरी विकासका काम बनाेस् । तपाईकै कार्यकर्ताबाट भ्रष्टचार अचाक्ली बढेकाे छ । त्यसकाे नियन्त्रणका ढिला नगरियाेस् । शभकामना !

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology