शुक्रबार, साउन ३, २०७६

नेपालले उपाधिको लागि हङकङसँग भिड्दै, कस्ले मार्ला बाजी ?

  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६



  • काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ ।

    सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो । नेपाल समूह एको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले समुह चरणको खेलमा सिंगापुर र चिनलाई पराजित गरेको थियो ।

    हङकङ भने समुह बीको विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको थियो । हङकङले समुह चरणमा भुटान र थाइल्याण्डलाई हराएको थियो । उपाधि विजेता टिम यू(१९ एसिया कपमा छनोट हुने छन् ।

    एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology