शुक्रबार, साउन ३, २०७६

विश्वकप छनोट खेल्न हिँड्यो नेपाली क्रिकेट टोली

  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६



  • काठमाडौं । सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी विश्वकपको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली मलेसिया हिँडेको छ । दोस्रो चरणको तयारी तथा अभ्यास खेल खेल्न मंगलबार मलेसिया हिँड्नुअघि टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गरे । उनले सफलताको शुभकामना व्यक्त गरे । नेपालले मलेसियासँग दुई टी–ट्वान्टी खेल खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिंगापुर जानेछ ।

    प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत छन् । नेपालले आप्mनो पहिलो खेल साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिंगापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा हुनेछ ।

    नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology