शुक्रबार, साउन ३, २०७६

छवि ओझालाई रेखापछि शिल्पाको झट्का, प्रहरीमा ज्यान सुरक्षाको उजुरी

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडौं । अभिनेत्री रेखा थापासँग सम्बन्ध बिच्छेद भएपछि शिल्पा पोखरेलसँग प्रेम सम्बन्ध राख्दै गोप्य विवाह बन्धनमा बाँधिएका छवि ओझालाई अर्काे झट्का लागेको छ ।

    अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबिरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी छिन् । पति छबी ओझाबाट ज्यानको असुरक्षा भएको भन्दै उनले उजुरी दिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । यो जोडीबीच केही दिनअघि खटपट भएको थियो । विवादपछि शिल्पा र छवी मनमुटावमा थिए । पतिसँग विवाद भएपछि ज्यान सुरक्षा माग्दै प्रहरी परिसरमा शिल्पा पुगेकी छिन् ।

    उजुरीपछि प्रहरीले छवी र सिल्पालाई छलफलका लागि बोलाएको छ । तर झगडाका कारण र ज्यान सुरक्षा सम्बन्धमा भने केही खुलाइएको छैन । उनीहरुबीच छलफल गरेपछि प्रहरीले आफ्नो कारवाही अगाडी बढाउने भएको छ ।

    रेखा थापासँग सम्बन्ध बिच्छेद भएपछि २०७३ सालमा यी जोडीले गोप्यरुपमा विवाह गरेका थिए । तीन बर्षअघि शिल्पा छवीकी चौथो पत्नीका भित्रिएकी थिइन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology