मङ्लबार, भदौ ३१, २०७६

खाँडादेवी गाँउपालिकामा वन्यजन्तुको अध्ययन

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र पाईने वन्यजन्तुको चेकलिस्ट शैलुङ्गग्रीन सोसाइटी नेपाल प्रालि. ले गाउँपालिकासँगको सहकार्यमा तयार पारेको छ ।

    स्याल पाेथरी/लामपुछ्रे

    गाउँपालिकाभित्र पाइने वन्यजन्तुको अभिलेख राख्ने र लोपोन्मुख जनावरहरुको संरक्षण गर्ने उदेश्यले अध्ययन शुरु गरिएको थियो । शैलुङ्गग्रीन सोसाइटीको तर्फबाट अनुसन्धानमा सहभागी किरण थापा मगर र तिलक मगरले तयार पारेको प्रतिवेदनमा १०४ प्रजातिको चरा, १६ प्रजातिको स्तनधारी जनावर, २८ प्राजातिको पुतली, ९ प्रजातिको सरिसृप, ६ प्रजातिको उभयचर र ६ फेमेलीको माकुरो पाइएको उल्लेख छ ।

    राेज वाइल्ड मिल

    विश्वमा अति संकटापन्न प्राजातिको रुपमा सूचीकृत सालक, पहरे बाँदर, गोमायु महाचिल, हाडफोर गिद्ध तथा सुनगोहोरो पनि उक्त गाउँपालिकाभित्र पाइएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ मा नेपालको संरक्षित जनावरको सूचीमा रहेका सालक र सुनगोहोरो त्यस क्षेत्रमा पाइएको अनुसन्धानकर्ता तिलक मगरले बताए ।

    पाँचधर्के लाेखर्के

    गाउँपालिकामा वन्यजन्तुको थप अध्ययन तथा अनुसन्धान र संरक्षणको कार्यक्रम गरेर पर्यटनलाई प्रोमोट गर्नसकेको खण्डमा स्थानीय आर्थिक रुपमासमेत लाभान्वित हुने अर्का अनुसन्धानकर्ता किरण थापा मगर बताउछन् ।

    रतुवा

    पहाडी वन लाेखर्के

    छेपाराे

    गाेमन (तस्वीर/ नारायण श्रेष्ठ )

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology