सोमवार, भदौ २, २०७६

सभामुखको ‘ललिपप’मा फसेनन् प्रतिपक्षी

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडौं । कांग्रेस र राजपा सांसदले प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि नाराबाजी गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी सांसद उठेका थिए । त्यसपछि सभामुखले विषयवस्तु मंगलबारै राखिसकेको भन्दै बस्न आग्रह गरेका थिए ।

    ‘मान्य सदस्यहरू बसेपछि म नयाँ कुरा सुनाउँछु’, उनले प्रलोभन देखाउँदै भने, ‘मैले नयाँ कुरा सुनाउनलाई हजुरहरु बसिदिनुपर्यो ।’ सभामुखले यसो भनेपछि कांग्रेस सांसद मुसुमुसु हाँसेका थिए । सभामुखले ‘थाक्नुभो होला, बसिदिनुहोस्’ भन्दै आग्रह गरेका थिए । आफ्नो आग्रह नसुनेपछि सभामुखले बैठक अघि बढाएका थिए ।

    त्यसपछि असन्तुष्ट पक्ष नाराबाजीमा उत्रिएको हो । त्यही अवधिमा सभामुखले बजेटसम्बन्धी विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश सुनाउन उनले अनुमति दिएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाका सन्देशबारे जानकारी दिएका थिए । अर्को बैठक असार ३० गते सोमबार बस्ने भएको छ ।

    पोखरीमा डुबेर बालकको मृत्यु भएको र विप्लव समूहका कुमार पौडेल मारिएको प्रकरणमा प्रतिपक्षीले मंगलबारको बैठक अवरुद्ध पारेका थिए । गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफमा चित्त नबुझाएपछि उनीहरू आक्रोशित भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology