शुक्रबार, साउन ३, २०७६

‘मुलुकलाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला हो’

  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६



  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७५’ समारोहमा उनले मुलुकलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम साहित्य सिर्जना भएको बताए।

    ‘नेपाल साङ्गीतिक विविधताबीच प्राकृतिक वैभव र सुन्दरताले सुसम्पन्न देश हो, विश्वप्रसिद्ध सम्पदाहरुले सुशोभित यो मुलुक साहित्य, सङ्गीत र कला सिर्जनाका लागि उर्वरभूमि हो’, राष्ट्रपति भण्डारीले भने, ‘देशका मौलिक सांस्कृतिक सम्पदा एवम् प्राकृतिक धरोहरलाई विश्वसामु चिनाउने साहित्य सिर्जना एउटा महत्वपूर्ण माध्यम हो, साहित्य र कलाका विविध फाँटमा संलग्न प्रतिभा र सर्जकलाई प्रोत्साहन गर्न सम्बन्धित पक्ष सधैं अग्रसर हुनुपर्छ ।’

    उनले नेपाली साहित्यका उत्कृष्ट कृतिलाई नेपाली भाषाका अतिरिक्त अन्तरराष्ट्रिय भाषामा अनुवाद गरेर विश्वसामु पस्कन सकेमा नेपाली कृतिले विश्वव्यापी स्थान पाउने विचार व्यक्त गरे।

    समृद्ध सभ्यताको प्रतीक तथा अमूल्य निधिका रुपमा रहेका लोकसाहित्य तथा संस्कृति, मौलिक शास्त्रीय सङ्गीत संरक्षण र सम्वद्र्धनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology