शुक्रबार, साउन ३, २०७६

बर्षको अन्तिममा विकास बजेट दैनिक ५ अर्ब खर्च, आधा काम आधा भ्रष्टाचार

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौ । बर्षको अन्तिमतिर मात्र विकास बजेट खर्चे गर्दा ब्यापक भ्रष्टाचार र अनिमितता हुनेमा राज्य सञ्चालकहरु नै पूर्णतया सहमत छन् । असार लागेपछि सडकमा कालोपत्रे गर्ने, विकास बजेट सिध्याउन विदेश भ्रमणदेखि घोडासम्म चड्ने चलन अब नेपाली संस्कार नै बनिसकेको छ ।

    दुई तिहाईको कम्यूनिष्ट सरकारले बर्षको अन्तिममा विकास बजेट खर्च गर्ने परम्पराको अन्त्य गर्नेमा धेरेको विश्वास थियो । तर अन्य सरकारभन्दा यो सरकारमा बढी विकास बजेट असारमा खर्च भएको तथ्य देखिएको छ । यतिबेला दैनिक ५ अर्बभन्दा बढी विकास बजेट खर्च भइरहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

    विगत एक सातायता दैनिक ५ अर्बभन्दा बढी विकास बजेट खर्च भइरहेको छ । बर्षको अन्तिम दुई दिन मंगलबार र बुधवार मात्र १३ अर्बभन्दा बढी विकास बजेट खर्च भएको छ । असार १५ पछि विकास बजेटको खर्चले तिव्रता पाएको थियो ।

    असार लागेदेखि दैनिक एक अर्ब रकम खर्च हुँदै आएको थियो । तर १५ असारपछि दैनिक ३ देखि ५ अर्बसम्म खर्च भएको महालेखा परीक्षक कार्यालयका दामोदर पुडासैनीले बताए । यसरी खर्च भएको रकमको आधाभन्दा बढी भ्रष्टाचार हुनेमा राज्य सञ्चालकहरु नै सहमत छन् । तर त्यसलाई रोक्न भने उनीहरु पूर्णतया असफल भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology