शुक्रबार, साउन ३, २०७६

पूर्वाञ्चल विश्वविद्यालयको अटेरी, परमादेशपछि पनि अघि बढाएन तीन वर्षअघिको कार्यक्रम

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले प्रक्रिया थालेको तीन वर्षसम्म पनि आफूले सम्बन्धन दिएका इन्जिनियरिङ कलेजलाई स्नातकोत्तर सञ्चालनको स्वीकृति दिएको छैन ।

    विश्वविद्यालयले कन्स्ट्रक्सन म्यानेजमेन्ट, बायोमेडिकल इन्जिनियरिङ, इलेक्ट्रिकल पावर म्यानेजमेन्ट, अर्थक्वेक म्यानेजमेन्टजस्ता नयाँ कार्यक्रम सञ्चालन गर्न कार्यकारी परिषद्को निर्णयानुसार २०७३ मंसिर ५ मा आवेदन माग गरेको थियो । पूर्वाधार पुगेका कलेज छनोटमा परेका थिए । त्यसपछि विश्वविद्यालयले प्रक्रिया अघि नबढाएपछि आठवटा कलेज अदालत गएका थिए । उच्च अदालत विराटनगरले आवेदकका मागअनुसार अघि बढ्न गत चैत १९ गते परमादेश जारी गरे पनि विश्वविद्यालय चुप लागेको छ ।

    ‘पूर्वाञ्चल विश्वविद्यालयबाट जारी भएको मिति २०७३÷८÷५ को सूचनाबमोजिम निवेदक कलेजहरूले स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा गरी दिएको निवेदनका सम्बन्धमा निवेदक कलेज÷क्याम्पसहरूलाई स्नातकोत्तर शैक्षिक कार्यक्रम स्वीकृति दिने वा नदिने हालसम्म कुनै निर्णय नगरी अनन्तकालसम्म रोकिराख्न न्यायोचित नहुने हुँदा’, अदालतको आदेशमा भनिएको छ, ‘पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० एवं पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ ले तोकेको प्रक्रिया र मापदण्डको अधिनमा रही निवेदकका हकमा जे जे गर्नुपर्ने हो ? अविलम्ब निर्णय गर्नू भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’

    आवेदन माग गर्नुअघि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राध्यापक, राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य तथा हाल नास्टका उपकुलपति प्रा.डा. सुनीलबाबु श्रेष्ठ, विषयविज्ञ, डिमान्ड साइडका हाइड्रोपावर तथा उद्योगपतिलगायतको सहभागितामा नयाँ कार्यक्रमका पाठ्यक्रम तयार गरिएको थियो । त्यसलाई विद्या परिषद् र प्राज्ञिक परिषद्बाट पारित गरिएको थियो ।

    विश्वविद्यालयले आवेदन मूल्यांकन समिति गठन गरेको थियो । त्यसले सिफारिस गरेका कलेजहरूको सम्भाव्यता अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो । कार्यकारी परिषद्ले पारित गरेको नीति तथा मापदण्डबमोजिम विभिन्न पारामिटरका आधारमा १०० पूर्णांकमा ७० ल्याउने कलेजलाई बढीमा दुई विषयका लागि सिफारिस गरेको थियो । त्यसपछि प्रक्रिया अवरुद्ध भएको थियो ।

    यस विषयमा प्रतिक्रिया लिन खोज्दा विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास र रजिस्ट्रार प्रमिला थापासँग सम्पर्क हुन सकेन । विश्वविद्यालयले योजनाअनुसार नयाँ कार्यक्रम सञ्चालनमा ल्याए शैक्षिक उन्नयनमा टेवा पुग्ने सरोकारवाला बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology