शुक्रबार, साउन ३, २०७६

छवि र शिल्पाको सम्बन्ध : प्रहरीमा सहमति, अदालतमा डिभोर्स !

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौं । पति छविराज ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी अभिनेत्री शिल्पा पोखरेल सम्बन्ध बिच्छेदका लागि अदालत जाने भएकी छिन् । पति ओझाले कुटपिट गरेपछि सुरक्षा माग्दै प्रहरी परिसरमा पुगेकि शिल्पा र छविराजबीच सहमति भएको छ । कुटपिटको सहमति भएपनि उनीहरुको सम्बन्धमा सुधार आउने सम्भावना देखिएन ।

    प्रहरी परिसरमै शिल्पाले सम्बन्ध बिच्छेदको माग गरेकी थिइन । ‘निवदेनमा सम्बन्ध बिच्छेदको कुरा थिएन, त्यही भएर छलफल पनि भएन’, महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले भने ‘शिल्पाले सम्बन्ध बिच्छेदको कुरा उठाउनुभएको थियो । यहाँ त्यो छलफल हुने कुरा होइन ।’

    शिल्पालाई कहिलेपनि हिंसा नगर्ने लिखित कागज गरेपछि प्रहरीमा परेको उजुरी मिलेको छ । तर छवि र शिल्पाको मन भने मिल्न सकेको छैन । पति छविले घाइते हुनेगरी कानमा हानेपछि दुईबीचको सम्बन्धमा तनाव आएको हो । पतिको हिंसा सहन नसकेपति शिल्पा सुरक्षा माग्दै महानगरीय प्रहरी परिसरमा पुगेकी थिइन ।

    शिल्पा र छविराजबीच बिहीबार लिखित सम्झौता भएको छ । तरपनि उनीहरु संगै बस्न सक्ने अबस्थामा छैनन् । सम्झौतापछि शिल्पाले सम्बन्ध बिच्छेदका लागि अदालत जाने बताएकी छिन् । शिल्पासँगपनि सम्बन्ध बिच्छेद भए छवि ओझाको यो तेस्रो सम्बन्ध बिच्छेद हुनेछ ।

    छविकी पहिलो पत्नी हुन् हेमा । १९ बर्षको उम्मेरमा हेमासँग विवाह गरेका थिए । यो सम्बन्ध पनि लामो टिकेन । डिभोर्समा गएर टुगिंयो । त्यसपछि छविले गिताञ्जली सुनुवारसँग विवाह गरे । गिताञ्जलीले आत्महत्या गरिन । त्यसपछि छविको जीवनमा रेखाको प्रवेश भएको थियो । रेखा र छविको विवाह लामो समय टिकेको थियो । तरपनि अन्तः डिभोर्समा गएर टुंगियो । त्यसपछि शिल्पा आएकी थिइन । २०७३ सालमा यी दुईबीच गोप्यरुपमा विवाह भएको थियो । विवाह भएको तीन बर्ष नपुग्दै डिसोर्सको कोर्षमा अघि बढ्ने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology