शुक्रबार, साउन ३, २०७६

सेयर बजारको ओरालो यात्रा कायमै

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौँ । बुधबार ओरालो लागेर बन्द भएको सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि घटेको छ ।

    नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ०.६२ बिन्दुले घटेर १२४८.५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले घटेर २६८.३२ मा पुगेको छ ।

    कारोबार रकम पनि औसतमा समेटिएको छ । १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता सेयर रु ४६ करोड ३६ हजार ५७१ मा कारोबार भए । कारोबार भएका ११ मध्ये दुई उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ १.९ र जलविद्युत् १.२७ अंकले बढेको छ । होटल २०.४४, विकास बैंक ३.५२, वित्त ०.६१, निर्जीवन बीमा २.९९, उत्पादन १९.२८, अन्य २.१२, लघुवित्त ५.५३, जीवन बीमा २४.४ र सामूहिक लगानी कोष ०.०७ अंकले घटेका छन् ।

    कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो । सो बैंकको ५ करोड २९ लाख ६२ हजार २७६ मूल्यमा खरीदबिक्री भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology