शुक्रबार, साउन ३, २०७६

३ अर्बको ऋणपत्र बिक्री गर्दै हिमालय बैंक

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौं । हिमालयन बैंकले साउन २ गतेदेखि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता रु १ हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो । ऋणपत्र बिक्री बन्द छिटोमा आगामी साउन ६ र ढिलोमा साउन ३१ सम्म तोकिएको छ ।

    ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबर सर्वसाधारणलाई र रु १ अर्ब ८० करोड संस्थापक लगानीकर्तालाई छुट्याइएको छ । ऋणपत्र खरीद गर्न चाहनेले न्यूनतम २५ देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । सात वर्षपछि परिपक्व हुने सो ऋणपत्रबाट उठ्ने रकम बैंकले कर्जा सापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने आह्वानपत्रमा उल्लेख छ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology