शुक्रबार, साउन ३, २०७६

सरकारका प्रवक्ताको कडा टिप्पनी : कांग्रेस दिनभर विपी रातभर विप्लव हो ?

  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६



  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिबन्धित विप्लव नेकपालाई काखी च्यापेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आरोप लगाएका छन् । विहीवार मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले विप्लव नेकपाका गैरकानी कार्यमा कारवाही गर्दा कांग्रेस दुख्ने गरेको बताए ।

    नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेलको हत्यालाई लिएर संसद अबरोध गरेको जनाउँदै मन्त्री बास्कोटाले नीतिमै अस्पष्ट रहेको बताए । कांग्रेस पछिल्लो समय नीतिमै अस्पष्ट रहेको बताउँदै भने, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो ?’

    कांग्रेसले मृत्युको व्यापार गरेको आरोप समेत मन्त्री बास्कोटाले लगाए । सर्लाहीमा पौडेलका साथै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी जवान मारिएको विषयमा समेत प्रतिपक्षबाट केही अप्ठ्यारा टिप्पणी आएको बताउँदै उनले शान्ति चाहने र हिंसा गर्नेलाई एकै नजरले हेर्नु प्रतिपक्षको दृष्टिदोष भएको बताए । कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको कटाक्ष समेत गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      yeskath[email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology