सोमवार, भदौ २, २०७६

भारतीय तरकारी ४२ देशमा प्रतिबन्धित, नेपालका भन्सारदेखि भान्सासम्म खुला

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । भारतीय तरकारी तथा फलफूल आयात गर्न ४२ देशले रोक लगाएका छन् । नेपालमा भने त्यही विषादीयुक्त तरकारी भन्सारदेखि भान्सासम्म निर्वाध भित्रिरहेको छ ।

    भारतको तरकारी विगत केही वर्षसम्म एसियादेखि युरोपेली मुलुकसम्म निर्यात हुन्थ्यो । विषादी धेरै पाइएपछि युरोपेली देशले त्यसको आयातमा प्रतिबन्ध लगाए । त्यसपछि एसियाकै ठूला देशले पनि प्रतिबन्ध लगाए । नेपाल, भुटान, बंगलादेश, श्रीलंका र थाइल्यान्डमा भारतीय उत्पादन पुग्ने गरेको थियो ।

    थाइल्यान्डले सन् २०१३ मा प्रतिबन्ध लगायो । श्रीलंका र बंगलादेशले थाइल्यान्डकै बाटो पछ्याए । यी दुवै देशले सन् २०१६ मा भारतीय तरकारी र फलफूलमा प्रतिबन्ध लगाए । श्रीलंकामा जलमार्गबाट दैनिक हजारौं टन तरकारी र फलफूल आयात हुने गरेको थियो । भारतले भने बंगलादेश र श्रीलंकाबाट माछा ल्याउन रोक लगाएको थियो । भुटानले पनि भारतीय तरकारी प्रतिबन्ध गरेको छ । पाकिस्तान र चीनले पहिल्यै भारती तरकारी ल्याउन प्रतिबन्ध गरेका थिए ।

    यति धेरै देशले प्रतिबन्ध लगाउँदा पनि नेपालमा भने सरकारी तवरबाटै खुलेआम विषादीयुक्त तरकारी भित्रिरहेको छ । भारतबाट जाने ३० प्रकारका तरकारी तथा फलफूलमा विश्वभरबाट प्रतिबन्ध लाग्न थालेको छ । भारतकै कतिपय स्थानमा पनि ती उत्पादन प्रतिबन्धित छन् । विहारका मुख्यमन्त्री केही महिनाअघि मात्र अन्य प्रदेशबाट तरकारी आयातमा रोक लगाएका थिए । महाराष्ट्रले उत्तर प्रदेशको तरकारी ल्याउन प्रतिबन्ध लगाएको छ । उत्तर प्रदेशले महाराष्ट्रमा अग्र्यानिक उत्पादन पठाउने गरेको छ । त्यसमा पनि विषादी परीक्षण हुने गरेको छ ।

    भारतका चर्चित खेलाडी युवराज सिंह सन् २०११ को विश्वकप क्रिकेट खेल्दा क्यान्सरका सिकार भएका थिए । तत्काल अमेरिका पुगी उपचार गराएर उनले ज्यान जोगाएका थिए । त्यसपछि विषादीयुक्त तरकारी र फलफूलविरुद्ध उनले जागरण अभियान चलाएका थिए । उनकै अभियानको प्रभावस्वरूप महाराष्ट्रमा उत्तर प्रदेशको तरकारी प्रतिबन्ध लागेको थियो ।

    नेपालका आधा दर्जन नाकाबाट दैनिक सयौं मेट्रिक टन उत्तर प्रदेशको तरकारी भित्रिरहेको छ । अत्यधिक विषादी रहेको तरकारी परीक्षण गर्न नेपाल सरकारले भन्सार नाकामा कर्मचारी खटायो । तर, भारतीय दूतावासको दबाबमा विषादी परीक्षण रोकिएको छ । सर्वाेच्च अदालतले विषादी परीक्षण सुरु गर्न नेपाल सरकारलाई बाध्यकारी अन्तरिम आदेश जारी गरे पनि त्यसअनुरुप काम भएको छैन । भैरहवाको बेलुवा नाकामा प्रदेश ५ सरकारले केही परीक्षण थालेको छ । त्यो पनि प्रभावकारी नरहेको सरोकारवाला बताउँछन् । बेलहवा नाकामा संकलन गरिएको नुमना परीक्षणका लागि बुटवल पठाउने गरिएको छ ।

    बुटवल पठाएर नमुना परीक्षण गरिए पनि तरकारी र फलफूल बोकेका भारतीय ट्रक फिर्ता भएका छैनन् । कर्मचारीकै मिलेमतोमा विषादीयुक्त तरकारी संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा निर्वाध रूपमा आयात भइरहेको छ ।

    नेपालका कहाँबाट कति तरकारी आउँछ ? यस्तो छ ग्राफ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology