शुक्रबार, साउन ३, २०७६

छविकी पत्नी शिल्पालाई सम्झाउन जव पूर्वपत्नी रेखा निवासमा पुगिन

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । पति छविराज ओझाले कानको जाली फुट्ने गरी कुटेपछि अभिनेत्री शिल्पा पोखरेलले यतिबेला रेखा थापा र स्वर्गीय गिताञ्जली सुनुवारलाई सम्झिरहेकी छिन् । गिताञ्जली छवि पोखरेलकी दोस्रो पत्नी थिइन । उनले आत्महत्या गरेकी थिइन । गीतान्जलीपछि छविको जीवनमा रेखा थापा आइन । छविसँग विवाह केही बर्षमै सम्बन्ध बिच्छेद भयो । त्यसपछि छविको जीवनमा शिल्पा भित्रिएकी थिइन ।

    अहिले शिल्पा र छविबीचको सम्बन्ध निकै तानवपूर्ण छ । छविले कुटपिट गरेपछि उनीहरुको सम्बन्ध महानगरीय प्रहरी परिसरसम्म पुग्यो । सम्बन्ध डिभोर्सतिर लम्किदैछ । छविको ब्यवहार र कुटाइ खाएपछि शिल्पाले यतिबेला रेखा थापा र मृतक गिताञ्जलीलाई सम्भिरहेकी छिन् । ‘उसको हिँसा सहन नसकेर उहाँहरुले छोड्नु भएछ । तर मलाई त्यो थाहा भएन-उनले भनेकी छिन् ।

    नेपाल लाइफलाई दिएको अन्तर्वातामा उनले भनेकी छिन् ‘उहाँले एकदमै नराम्रो शब्द बोल्नुभयो। तँ र… दिउँसै रंगौलिया मनाएर हिड्ने केटी। तँलाई मैले छोडिसकेपछि तँ कहाँ जान्छेस्, जान्छेस् नि, मलाई के थाहा ? त्यहीबाट झगडा शुरु भएको हो’-उनले आफ्ना भावना राख्दै भनेकी छिन् ‘मैले प्रतिवाद गर्न खोज्दा कानमा हान्नुभयो, कानको जालीमा समस्या परेको डाक्टरले बताएका छन् ।’

    उनीहरुको झगडामा एउटा रोचक पक्ष पनि देखिएको छ । छविसँग झगना भएपछि पूर्वपत्नी रेखा सम्झाउन शिल्पाको निवासमा पुगेकी थिइन । ‘मलाई सम्झाउन रेखा दिदी पनि आउनुभयो । सानोतिनो झगडा हो भने मिल्नूु भन्नुभयो। त्यसपछि मैले उहाँलाई सबै कुरा भनेँ। सबै कुरा भनेपछि उहाँले ‘ओहो, यो मान्छे त नसुध्रिने रैछ, गीतान्जलीको पालादेखि नै लागेको बानी रैछ, अब तिमी जे गर्छौ गर’ भनेर फर्किनुभयो। मेरो स्वर्णिम नेपाल भन्ने संस्था पनि छ। चाहियो भने म मद्दत गर्न सक्छुु भनेर आँट दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology