शुक्रबार, साउन ३, २०७६

बाढीकाे क्षतिबारे गृहमन्त्री भन्छन्: ‘सरकार पनि दाेषी छ तर खाेलामा घर त बनाउनु भएन नि’

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले बाढीले पुर्याएको क्षतिका सम्बन्धमा नागरिकको पनि कमजोरी भएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा बोल्दै उनले बाढीको क्षतिमा पूर्वतयारी कमजोर हुनुमा सरकार पनि दोषी रहेको स्वीकार गरे।

    ‘बाढीद्वारा सिर्जित समस्या प्राकृतिक हो। तर यसको न्यूनीकरण गर्न सकिन्छ। तर हाम्रा निकायबीच समन्वय छैन,’ उनले भने, ‘चुरे नांगिएको छ। खोलामा घर बनेका छन्। खोलामा घर त बनाउनु भएन नि।’

    आउदा दिनमा विकास निर्माणका काम गर्दा सचेतना र पूर्वतयारी गर्ने उनले प्रतिबद्धता समेत जनाए।

    यसैगरी उनले राहत तथा उद्धारका लागि हेलिकोप्टर समेत तयार राखिएको भएपनि मौसम अनुकुल नुहुँदा र पर्याप्त हेलिकोप्टर नहुँदा उद्धार कार्यमा केही ढिलाइ भएको बताए । विपत् व्यवस्थापन सम्बन्धि पर्याप्त उपकरण नभएका कारण पनि यसमा विलम्ब भएको उनको भनाइ थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology