शुक्रबार, साउन ३, २०७६

‘तेरो मेरो छोड्नुहोस् बाढी पीडितको उद्धारमा जुट्नुहोस्’ पूर्वराजा ज्ञानेन्द्र शाह

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोमा परी घरबास बिहीन भएका नागरिकलाई पूर्वाग्रहरहित उद्धार र राहत दिन सरकारलाई आग्रह गरेका छन् । बाढी पहिरोबाट तीन दर्जनबढीले ज्यान गुमाएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले बिज्ञप्ती निकाल्दै जनधनको रक्षा गर्नु लोकहितकारी काम भएको बताएका छन् ।

    ‘प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काम गर्नु पर्दछ, पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो बिज्ञप्तीमा भनेका छन् -घरबारविहीन भएका नागरिकलाई जतिसक्यो छिटो राहत दिने काममा ढिलाई गर्नु हुँदैन । बाढी पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धान्जली पनि दिएका छन् ।

    चार दिनदेखि परेको अविरल बर्षाका ६० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने हजारौ नागरिक घरबारविहीन बनेका छन् । राजधानीका काठमाडौं र ललितपुरमा बढी मानवीय क्षति भएको छ । प्रदेश नम्वर २ का अधिकाँस परिवार विस्थापित बनेका छन् । विस्थापित परिवारलाई समयमा राहत दिन र उनीहरुको जीवन रक्षा गर्न पूर्वराजाले आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology