शुक्रबार, साउन ३, २०७६

राहत, उद्धार र उपचार प्रभावकारी बनाउन समितिकाे निर्देशन

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेका व्यक्तिहरुको उद्धार, राहत तथा घाइतेहरुको उपचार प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

    समितिले बेपत्ता भएकाको खोजी र विस्थापितहरुको उचित आश्रयस्थलको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । समितिले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

    “मृतकप्रति समिति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ, विपद्बाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”, समितिका सभापति शशी श्रेष्ठले भने ।

    सभापति श्रेष्ठले थपे, “विपद्बाट घाइते भएकाहरुको प्रभावकारी उपचार, बेपत्ताहरुको शीघ्र खोजी तथा विस्थापितहरुको व्यवस्थापन र पुनस्र्थापनको काम यथाशीघ्र गरियोस् साथै बाढीपहिरोबाट महामारी फैलन सक्ने घटनालाई ध्यान दिँदै स्वास्थ्यकर्मी र औषधिको पर्याप्त व्यवस्था गर्न समिति सरकारलाई निर्देशन गर्न चाहन्छ ।”

    समस्या आउने बित्तिकै सरकारले उद्धार र राहत कार्यलाई तीव्र गति दिएकामा समितिले सरकार र सुरक्षा निकायलाई धन्यवाद दिएको छ । बैठकमा सांसदहरुले मानवीय कारणले विपद् बढ्दो क्रममा रहेकाले यसतर्फ पनि ध्यान दिँदै विकास निर्माणमा गतिविधिलाई प्रकृतिमैत्री बनाउनुपर्नेमाउनको जोड थियो ।

    भारतसँगको असमान सम्झौताका कारण पनि कतिपय बस्ती डुबानमा परेको भन्दै त्यसको पुनरवलोकनका लागि कूटनीतिक पहलको जरुरी रहेको सांसदहरुको धारणा थियो । नेपालमा बाढीपहिरो आउँदा त्यसको असर भारतमा समेत पर्ने भएकाले कूटनीतिक प्रयासमार्फत दीर्घकालीन समस्या समाधानमा लाग्नुपर्नेमा सांसदको जोड थियो । बिना प्राविधिक डोजरको प्रयोग गरी प्रकृतिलाई विनाश गरिएकाले विपद्बाट थप क्षति भएको अधिकांश सांसदको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology