शुक्रबार, साउन ३, २०७६

प्रधानमन्त्रीको सन्देश बोकि नेकपा महासचिव नख्खु जेलमा, विप्लव नेतासँग गोप्य छलफल

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिबन्धित विप्लव नेकपाप्रति कडा रवैया अपनाइरहेका बेला सत्तारुढ दल नेकपा महासचिव बिष्णु पौडेल विप्लव समुहका नेता भेट्न कारागार पुगेका छन् ।

    नेकपालाई प्रतिबन्ध लगाएको केही समयमै प्रहरीले विप्लव नेकपाका तेस्रो तहका नेता हेमन्तप्रकश ओली सुदर्शनलाई पक्राउ गरेको थियो । पक्राउ परेदेखि उनी नख्खु जेलमा छन् । गत बुधवार नेकपा महासचिव पौडेल सुर्दशनलाई भेट्न नख्खु जेल पुगेका थिए । नख्खु जेलमा पौडेल ओलीबीच दुई घण्टा सम्वाद भएको स्रोतले बताएको छ । पौडेल र ओलीबीच नख्खु कारागारमा भेट भइरहेका बेला भोजपुरमा एक प्रहरी र एक विप्लव नेकपाका नेताको हत्या भएको थियो ।

    महासचिव पौडेल आफुखुसी जेलमा रहेका विप्लव नेतालाई भेट्न कारागार पुगेका होइनन । प्रधानमन्त्री केपी शर्मा ओलीको दूतका रुपमा कारागार पुगेका हुन् । जेलरको कोठामा सुर्दशन र पौडेलबीच दुई घण्टा बान टु वान वार्ता भएको स्रोतले बताएको छ । जेलरको कोठामा बसेर दुई जनाले दुई घण्टा बार्ता भएको थियो । महासचिव प्रधानमन्त्री ओलीको सन्देश बोकेर नख्खु जेलमा पुगेका थिए । प्रधानमन्त्री ओली पनि पछिल्लो समय विप्लव नेकपासँग वार्ता गर्ने पक्षमा छन् । त्यही बातावरण बनाउन पौडेल नख्खु जेल गएको बालुवाटार स्रोतले बताएको छ ।

    नेकपा नेताहरुले विप्लवमाथी दमन नभई सम्वाद थाल्न प्रधानमन्त्री ओलीलाई निरन्तर दवाव दिइरहेका छन् । सर्लाही र भोजपुर घटनापछि प्रधानमन्त्री ओलीमाथी थप दवाव पनि परेको छ । तर गहृमन्त्री रामबहादुर थापा भने बार्ताका पक्षमा छैनन् ।

    भूमिगत रहेको विप्लव नेकपापनि वार्ताका लागि पछिल्लो समय तयार रहेको छ । विप्लव नेता र सरकारका प्रतिनिधिबीच सम्वाद पनि चलिरहेको छ । सर्लाही र भोजपुर घटनाले केही प्रभावित बनेपछि नेकपा महासचिव विप्लव नेता भेट्न नख्खु जेल पुगेका हुन् ।

    विप्लव समुहले वार्ताका लागि केही सर्तहरु राखेको छ । पार्टीमाथिको प्रतिबन्ध हटाउने, जेलमा रहेको कार्याकर्तालाई तत्काल रिहा गर्ने र वार्ताका लागि औपचारिक रुपमै पत्रचार गर्नुपर्ने सर्त विप्लव समुहले राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology