आइतवार, भदौ ८, २०७६

विप्लव नेकपासँग अनौपचारिक वार्ता भैरहेको छ: सोमप्रसाद पाण्डे

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाडौं । उच्च स्तरीय राजनीतिक वार्ताटोलीका संयोजक समेत रहिसकेका सोमप्रसाद पाण्डेले विप्लव नेतृत्वको नेकपासँग पटक-पटक वार्ता भएकाे बताएका छन् ।  पोलिटव्यूरो सदस्यसम्मका नेताहरुसँग पटक-पटक अनौपचारिक वार्ता भएपनि माथिल्लो तहका नेताहरुसँग भने वार्ता हुन नसकेको कुरा उनले सञ्चारमाध्यममा बताएका छन् ।

    उनले  अहिले नै ‘गिभ एण्ड टेक’को स्तरमा औपचारिक  वार्ता भैनहालेको छैन बताए । तर वार्ता हुनै नसक्ने खालका माग विप्लव नेकपाको नरहेकाे उनले बताए । वार्ता ढिला हुनुको कारण उनीहरुको आन्तरिक सल्लाह बाँकी भएर हुनसक्ने अड्कल पाण्डेको छ ।

    सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो। संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ। नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनी लगायत पोलिटव्यूरो सदस्यहरुसंग छलफल गरेको भएपनि संचारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे।

    केहि दिनदेखि ओली सरकार नै विध्वंसकारी समूह भनेर घोषणा गरेको शक्तिसँगै वार्ताका लागि कम्मर कसेर लागेको छ । विप्लव नेकपाका एक बरिष्ठ नेता हेमन्तप्रकाश ओलीसँग नख्खु जेलमै पुगेर प्रधानमन्त्रीका दुतका रुपमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले २ घण्टा ‘वान टु वान वार्ता’ गरेको कुरा बाहिरै आइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology