सोमवार, भदौ २, २०७६

वार्तामा आए विप्लव समूहलाई सरकारले स्वागत गर्छ: मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाडौं । सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले प्रतिवन्धित विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आए वार्ताका लागि सरकार तयार हरेकाे बताए । बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्री बाँस्कोटाले विप्लव समूहलाई वार्तामा आउन भनिरहेको बताउँदै जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि भने वार्ता नहुने प्रष्ट पारे ।

    उनले भने, ‘वार्ताका लागि मान्छे छोड्नुपर्ने भन्ने हुँदैन । ५२ सालदेखि ६२ सालसम्म के भयो ? वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? फेरि त्यसकै दुस्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाडेर वार्ता गर्ने कुरा नहुने मन्त्री बाँस्कोटाको भनाई छ ।

    उनले भने, ‘वार्ता चाहिँ गर्ने, यसको निष्कर्षमा नपुग्ने र फेरि पहिलेकै अवस्थामा जाने भन्ने हुँदैन । कमजोर धरातलमा बसेर वार्ता हुँदैन ।’

    मन्त्री बास्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने बताउँदै सिके राउतकोझै शान्तिपूर्ण राजनीति गर्ने प्रतिवद्धता सहित स्पष्ट भएर आए वार्ता गर्न तयार रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology