आइतवार, भदौ ८, २०७६

लोकसेवाकाे वार्षिक कार्यतालिका सार्वजनिक, के काे विज्ञापन कहिले ?(सूचीसहित)

  • प्रकाशित मिति : बिहिबार, साउन २, २०७६



  • काठमाडौं । लोकसेवा आयोगले बिहीबार निजामती सेवा, सुरक्षा निकाय र सरकारी स्वामित्वका संगठित संस्थाहरुमा पदपूर्तिका लागि यस वर्षकाे वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले निजामती सेवातर्फ खरिदारदेखि सचिवसम्म, सुरक्षा निकाय र सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व भएका संगठित संस्थामा पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो ।

    कार्यतालिकाअनुसार पदपूर्तिका लागि प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालनपछि उम्मेद्वार छनोट गरी नियुक्तिका लागि सिफारिस गरिने जनाइएको छ । राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्राविधिक र अप्राविधिक, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) भदौ–असोजमा प्रतिशत निर्धारण, असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन, पुस–माघमा परीक्षा सञ्चालन र वैशाखसम्ममा अन्तरवार्ता र सिफारिस गरिने आयोगले उल्लेख गरेको छ ।

    राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) प्राविधिकतर्फ कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन, माघ–फागुनमा लिखित परीक्षा सञ्चालन गर्ने र अन्तरवार्तापछि जेठ–असारसम्म नियुक्तिका लागि सिफारिस गर्ने कार्यतालिका छ । स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहका पदहरुमा भने कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन भएपछि माघ–फागुनमा लिखित परीक्षा सञ्चालन गरेर जेठ–असारसम्ममा अन्तरवार्ता र नियुक्तिका लागि सिफारिस हुने तालिका छ । नायब सुब्बातर्फ अप्राविधिकको पुस अन्तिम बुधबार विज्ञापन हुने र प्राविधिकको माघ अन्तिम बुधबार विज्ञापन हुनेछ । यस्तै लिखित परीक्षा वैशाखमा र भदौसम्ममा अन्तर्वार्तापछि नियुक्तिका लागि सिफारिस हुनेछ ।

    हेर्नुहाेस् सूची

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology