आइतवार, भदौ ८, २०७६

अब चन्दा नलिने नेकपा अनेरास्ववियुको घोषणा, लेवीबाट संगठन चलाउने

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी सङ्गठन अनेरास्ववियुले कुनैपनि प्रकारको चन्दा नलिने घोषणा गरेको छ । पुर्नगठित अनेरास्ववियु केन्द्रीय कमिटीको पहिलो बैठकले कुनैपनि ब्यक्ति र संस्थासँग चन्दा नलिने निर्णय गरेको संयोजक ऐन महरले बताए ।


    केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दसंयोजक महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रूपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने घोषणा गरे । ‘अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रूपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै मातहत कमिटी र नेता कार्यकर्ताले त्यस्तो आर्थिक सहयोग लिएको पाइएमा अनुशासनको कारवाहीको भागीदार बनाइनेछ।

    अनेरास्ववीयूले लेवी उठाएर संगठन चलाउने बताए । दुई सङ्गठनहरु एक भएपछि अनेरास्ववीयूमा करिव ५० हजार बिद्यार्थी आवद्ध छन् । ती हजार बिद्यार्थीबाट लेवी उठाउन तर शैक्षिक संस्थाबाट चन्दा नलिने घोषणा गरेका छन् । संयोजक महरले भने ‘कमिटी सदस्यबाट लेवी उठाउँछौँ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology