आइतवार, भदौ ८, २०७६

धनगढी विस्फोटका एक घाइतेको मृत्यु, प्रहरी र विप्लव नेकपाबीच आरोप प्रत्यारोप

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेकपाबीच वार्ताको चर्चा चलिरहेका बेला कैलालीको धनगढीमा एक जनाको ज्यान जानेगरी विस्फोट भएको छ । विस्फोट कसले बनायो भन्ने तथ्य खुलिनसकेपनि सरकार र विप्लव नेकपाबीच आरोप पत्यारोप शुरु भएको छ ।

    धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ भएको शक्तिशााली विस्फोटमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ४ जनाको उपचार भइरहेको छ । धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव घाइते छन् । उनीहरूको उपचार माया मेट्रो अस्पतालमा भइरहेको छ ।

    घटना विप्लव नेकपाले घटाएको आरोप प्रहरीले लगाएको छ भने आफ्नो कुनै संलग्नता नरहेको विप्लव समुहले बताएको छ । सरकार र विप्लव नेकपाबीच आरोप प्रत्यारोप चलिरहेको छ । घटनास्थलमा पेस्तोल फेला परेको र अन्य कारणले पनि विप्लव समुहकै हात रहेको जिकिर प्रहरीले गर्दै आएको छ । तर विप्लव समुहले आफ्नो कुनै पनि संलग्नता नरहेको बिज्ञप्ती निकालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology