आइतवार, भदौ ८, २०७६

माधव नेपालको पोजिशन स्पष्टः ओलीले प्रधानमन्त्री, प्रचण्डले अध्यक्ष छोड्नु पर्छ

  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६



  • काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति र पदको टकराव चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पोजिसन स्पष्ट पारेका छन् । ओली र दाहालबीच पार्टी एकताका बेला गरिएको सहमतिलाई लिएर टकराव चलिरहेको छ । सहमतिअनुसार अबको एक बर्षभित्र ओलीले प्रधानमन्त्री पद छोड्नु पर्ने अडानमा दाहाल रहेका छन् भने त्यो बेला गरिएको सहमति अहिले लागु हुन नसक्ने तर्क ओलीले गरिरहेका छन् ।

    दाहाल प्रधानमन्त्री वा एकल अध्यक्ष आफुले पाउनु पर्ने दावी गरिरहेका छन् । दाहाल अडानमा पूर्वमाओवादी नेताहरुले एकल स्वरपनि मिलाइरहेका छन् । तर ओलीलाई चिडाउनेगरी पूर्वमाओवादी नेताहरु बाहिर आउन सकेका छैनन् । पूर्वएमालेका नेता बामदेव गौतम भने ओलीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छोड्नु पर्ने पक्षमा छन् । उनले पाटी स्थायी कमिटीकै बैठकमा एक पद छोड्न ओलीलाई लिखित दवाव नै दिएका थिए ।

    पूर्वएमाले र पूर्वमाओवादीका नेताहरु जतिसुकै कुर्लेपनि निर्णायक छन् वरिष्ठ नेता नेपाल । प्रधानमन्त्री ओली भारत पुगेका बेला अर्का अध्यक्ष दाहालले दुई मध्ये एक पद छोड्न ओलीलाई सार्वजनिक दवाव दिएका थिए । तर त्यो बेला ओली पाँच बर्ष नै प्रधानमन्त्री बन्ने सार्वजनिक अभिब्यक्ति दिएका नेपालले अहिले भने पुरानो सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा उभिने थालेका छन् ।

    दुई अध्यक्षको शक्ति र पदको टकरावमा बरिष्ठ नेता नेपालले आफ्नो पोजिसन स्पष्ट पारेका छन् । पार्टी एकताका बेला दुई अध्यक्षले गरेको सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा नेपाल उभिएका छन् । ‘पुरानो सहमति कार्यान्वयन हुनुपर्छ भनेको ओलीले एक बर्षभित्र प्रधानमन्त्री पद छोड्न पर्छ भन्ने नै हो’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने ‘ओलीले प्रधानमन्त्री र दाहालले अध्यक्ष पद छोड्नु पर्दछ ।’

    ओली प्रधानमन्त्री पद छोडेर पार्टी अध्यक्ष मात्र बन्नु पर्ने, दाहाल पार्टी अध्यक्ष त्यागेर प्रधानमन्त्री मात्र बन्नुपर्ने स्पष्ट अडानमा नेपाल पुगेका छन् । यसबाट एक ब्यक्ति एक पदको निर्णय शीर्ष तहबाटै कार्यान्वयन हुने तर्क नेपालले अघि सारेका छन् । दाहाललाई प्रधानमन्त्री बनाउन नेपाल सघाउने पक्षमा छन् भने पार्टीमा ओलीलाई सघाउने पक्षमा छन् ।

    पछिल्लो समय नेपाल र दाहालको निकटता बढ्दै गएको छ भने ओलीसँग फेरी दुरी टाढा हुँदै गएको छ । दाहालले लिएको पछिल्लो अडानका कारण नेपाल पार्टीभित्र शक्तिशाली बनेका छन् । जिल्ला नेतृत्व टुंग्याउँदा दाहालले नेपाललाई साथ दिएका थिए । ओली नेपाललाई पेलेर जाने पक्षमा थिए । तर दाहालले साथ दिएका कारण ओलीले पेल्न सकेनन् ।

    त्यसपछि प्रधानमन्त्री ओलीले राजनीतिक दस्तावेजमा दाहलसँग निहुँ खोजेका थिए । जहाँ नेपालले दाहाललाई साथ दिए । नेपालको साथ पाएपछि नेकपामा राजनीतिक दस्ताबेजमा जनताका जनवाद लेखियो । ओली जनताको बहुदलिय जनवाद नै लेख्नु पर्ने पक्षमा थिए ।
    ओली र दाहालबीच अहिले पदको टकराव चलिरहेको छ । दाहालले एउटा कार्यकारी भुमिका मागेका छन् भने ओली दिन तयार छैनन् । यसमा पनि नेपालले दाहाललाई सहयोग गर्ने रणनीति लिएका छन् । ओलीले प्रधानमन्त्री छोड्नु पर्ने र दाहालले अध्यक्ष पद छोड्नु पर्ने पक्षमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology