सोमवार, भदौ २, २०७६

जुट मिलमा पटक–पटक भ्रष्टाचार

  • प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६



  • डा. डिला संग्रौला
    देशको पहिलो उद्योग भनेर चिनिने विराटनगर जुट मिल दयनीय अवस्थामा पुगेको छ । राजनीतिक हस्तक्षेपले थला परेको उद्योगलाई माथि उठाउने नाममा पटक–पटक भ्रष्टाचार भएको छ । ०७२ साउनमा निलहरि काफ्ले अध्यक्ष भएपछि मिल चलाउने नाममा जुट मिलका पार्टपुर्जा मात्र होइन, पर्खाल भत्काएर इँटासमेत बेचियो । २०७४ साउनमा वसन्त वन अध्यक्ष भएपछि यिनले जुट मिलको ६८ प्रतिशत सेयर बिक्री गरी ३२ प्रतिशतमा झारे ।

    स्थानीयवासीको विरोधपछि नाटकीय ढंगबाट बोर्डको बैठक गरी ६८ प्रतिशत सेयर नेपाल सरकारको नाममा जम्मा गरेको खुलासा गरे । तर, ६८ प्रतिशत सेयर सरकारको नाममा कायम भएको छैन । यो कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट स्पष्ट हुन्छ । त्यो बीचमा वसन्त वनले मिल चलाउने नाममा ५०–६० जना श्रमिक राखेर ८०–८५ टन पटुवाबाट सुत्ली बनाएर बिक्री गरी पैसा आफै लिएर गए । कर्मचारीले तलब पाएनन् । पुराना २५ जना कर्मचारीलाई तलब नदिई आफ्नो मान्छे भर्ना गर्ने कार्य सुरु गरे । तर, आजसम्म यिनीहरुले पारिश्रमिक भुक्तानी पाएका छैनन् ।

    यसरी यो जुटको मिलको सेयर होडबाजी, यसको नाममा रहेको ६९ बिगाहा जग्गा हडप्ने खेलमा सेयर बिक्री गर्नेहरु लागिपरेका छन् । सेयरको नाममा भ्रष्टाचार गर्ने र जुटमिलको जग्गा हत्याउन लागिपरेका व्यक्तिलाई कारबाही हुनुपर्छ । पारिश्रमिक नपाएका श्रमिकले तलब पाउनुपर्छ । यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

    सांसद संग्रौलाले मंगलबार प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको धारणा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology