सोमवार, भदौ २, २०७६

सुनको भाउ आज फेरी आकासियो, तोलाको ७० हजार

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौँ । नेपाली बजारमा केही समययता सुनको मुल्यले आकाश छोएको छ । दैनिक सुनको मुल्य बढीरहेको छ । आज विहीबार तोलाको ७० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य बिहीबार तोलामा पाँच सय बढेर ७० हजार पुगेको छ ।


    बुधबार ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिगत केही दिनदेखि सुनको भाउ उकालो लागिरहेको छ । तेजाबी सुनको मूल्य तोला पनि पाँच सय रुपैयाँले बढेर ६९ हजार सात सय पुगेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार दुई सय रुपैयाँ थियो ।
    हप्ताको पहिलो दिन छापावाल सुनको मूल्य तोलाको ६६ हजार तीन सय थियो । हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा तीन हजार सात रुपैयाँ बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology