सोमवार, भदौ २, २०७६

साफ यू १५ मा नेपालको पहिलो प्रतिद्वन्द्वी भारत, २३ खेलाडीको टुंगो

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौं । साफ यू १५ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

    त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलंकासँग खेल्नेछ भने १० गते बंगलादेश र १२ गते भुटानसँग खेल्नेछ । यसअघि नेपालमै सम्पन्न अघिल्लो शृंखलाको साफ च्यापियनशिपमा बंगलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो ।

    प्रतियोगिताका लागि यू १५ का मुख्य प्रशिक्षक सुनील श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । छनोट हुने खेलाडीमध्ये गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अविशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा छन् । त्यस्तै मिडफिल्डरमा जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं छन् । फरवार्डमा कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशांक बोहरा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology