सोमवार, भदौ २, २०७६

प्रदेश ३ को स्थायी राजधानी हेटौंडामा नभए पनि हुन्छ, काठमाडौंमा हुँदैन : मुख्यमन्त्री पौडेल

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी नुवाकोट या रामेछापमा बनाए पनि फरक नपर्ने बताएका छन् । हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको तर काठमाडौंमा चाहिँ कुनै हालतमा राख्न नहुने उनको भनाइ छ।

    नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँग उनले प्रदेश राजधानी सिंहदरबारको छायाँमा बनाउन नहुने बताए । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडा तोकिएको छ । यसको स्थायी राजधानी तोकिएको छैन । प्रदेशको नामकरण पनि हुन सकेको छैन । उनले अब केही दिनभित्रै प्रदेशको नाम र राजधानी सुन्न पाइने दाबी गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology