आइतवार, भदौ ८, २०७६

यसरी जोडी बाँध्दै छन् बैंक तथा वित्तीय संस्था

  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६



  • काठमाडौं । झन्डै डेढ दर्जन जोडी बैंक तथा वित्तीय संस्थाले एकापसमा गाभ्ने तथा गाभिने प्रक्रिया थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यी संस्थाले सैद्धान्तिक सहमतिपत्र (एलओआई) लिन प्रक्रिया अघि बढाएका छन् । आठ जोडीले प्राप्ति र बाँकी आठ जोडी मर्जर प्रक्रियामा छन् ।

    प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक, विजय लघुवित्तले स्वेडा लघुवित्त, सिटिजन्स बैंकले सहयोगी विकास बैंक, साइन रेसुंगा विकास बैंकले भार्गव विकास बैंक, ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्स प्राप्ति गर्ने भएका छन् । यसैगरी, सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त, एनआरएन लघुवित्त, आरम्भ लघुवित्त र चौतारी लघुवित्त, कालिका लघुवित्त र जनसेवी लघुवित्त, एनएमबी बैंक र ओम डेभलपमेन्टलगायत भने मर्जर हुन लागेका छन् । यी संस्थामध्ये केहीले सैद्धान्तिक सहमति पाइसकेका छन् । तर, अन्तिम स्वीकृति पाउन बाँकी छन् ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिले मर्जरमा जान प्रोत्साहनस्वरुप दिएको नीतिगत व्यवस्थाले बैंकहरू उत्साहित भने देखिएका छैनन् । साउन ८ गते मौद्रिक नीति सार्वजनिक भएपछि एक जोडी लघुवित्त कम्पनी भने प्राप्तिका लागि राष्ट्र बैंक पुगेको छ । उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई किन्ने सम्झौता (एमओयू) भएपछि साउन १० देखि सेयर कारोबार रोक्का गरिएको थियो । राष्ट्र बैंकमा उनीहरूले सैद्धान्तिक सहमतिपत्र (एलओआई)का लागि भने आवेदन दिएका छैनन् । यसबाहेक अरू बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको प्रस्ताव लिएर नआएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

    मर्जरलाई प्रोत्साहनस्वरुप मौद्रिक नीतिले सहुलियत दिएपछि मर्जर तथा प्राप्तिमा बैंक तथा वित्तीय संस्था आउने अपेक्षा राष्ट्र बैंकको थियो । त्यसअनुरुप बैंकहरू मर्जर तथा प्राप्ति प्रक्रियामा नगएपछि केन्द्रीय बैंक फेरि नैतिक दबाब दिने तयारीमा जुटेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामण्ीि शिवाकोटीले मर्जरमा दबाब दिने उद्देश्यले क्रस होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थाबाट ०.१ प्रतिशत सेयर स्वामित्व भएकाको विवरण संकलन गरिएको बताए । राष्ट्र बैंकले एक बैंकमा लगानी भएको व्यक्तिको अर्को बैंकमा कति लगानी छ भन्ने पत्ता लगाएर धेरै सेयर स्वामित्व भएका व्यक्तिको विवरणको आधारमा मर्जरको लागि दबाब दिने उनले बताए ।

    मर्जर तथा प्राप्तिमा लम्किएका बैंक तथा वित्तीय संस्था
    गाभ्ने र गाभिने दुवै बैंक प्रक्रिया  प्रक्रियापछि जुराएको नाम संस्थाको नाम
    प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक प्राप्ति प्राइम
    विजय लघुवित्तले स्वेडा प्राप्ति विजय
    सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त मर्जर सूर्योदय
    सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंक प्राप्ति सिटिजन्स बैंक
    ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जर ग्लोबल आईएमर्ई
    एनआरएन लघुवित्त, रमारोशन लघुवित्त र क्रिएटिभ लघुवित्त मर्जर एनआरएन लघुवित्त
    आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्जर आरम्भ चौतारी लघुवित्त
    प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंक प्राप्ति प्राइम कमर्सियल
    सारथि लघुवित्त र सत्यवती लघुवित्त वित्तीय संस्था मर्जर सारथि लघुवित्त
    कालिका लघुवित्त र जनसेवी लघुवित्त मर्जर जनकालिका लघुवित्त
    एनएमबी बैंक र ओम डेभलपमेन्ट मर्जर एनएमबी बैंक
    साइन रेसुंगा डेभलपमेन्ट र भार्गभ विकास बैंक प्राप्ति साइन रेसुंगा डेभलपमेन्ट
    ग्लोबल आईएमई र हाथवे फाइनान्स प्राप्ति ग्लोबल आईएमई
    ओमी लघुवित्त र नागरिक लघुवित्त मर्जर ओमी लघुवित्त
    साइन रेसुंगा डभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक प्राप्ति साइन रेसुंगा डेभलपमेन्ट
    मिर्मिरे लघुवित्त, नागवेली लघुवित्त विकास र किसान माइक्रो फाइनान्स लघुवित्त मर्जर किसान लघुवित्त वित्तीय संस्था

    स्रोत : नेपाल राष्ट्र बैंक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology