सोमवार, भदौ २, २०७६

सम्झनाको शीत खस्दा झरनाको नृत्य जम्यो – गायक मोहन राई

  • प्रकाशित मिति : शनिबार, साउन २५, २०७६



  • नेपाल टेलिभिजनको टेलिशृंखला ‘डाँडापारिको गाउँ’को टाइटल गीतमा २०५७ सालमा पहिलो पटक उनको स्वर रेकर्ड भएको थियो । यो अवधिमा उनले सयभन्दा बढी गीत गाएका छन् । उनका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गरी दुई एल्बम प्रकाशित छन् । गायक मोहन राई १७–१८ वर्षदेखि गायन क्षेत्रमा क्रियाशील छन् । पछिल्लो एल्बममा संग्रहित ‘मायाको खेल’को भिडियो हालै सार्वजनिक गरेका छन् ।

    –‘मायाको खेल’ कस्तो प्रकारको गीत हो ?
    आधुनिक गीत हो । यसले प्रेम–बिछोडका विषयवस्तु समेटेको छ ।

    –यसको भिडियोबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?
    धेरै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । दर्शक्श्रोताले मन पराइदिनुभएको छ । यसले गर्दा नयाँ सिर्जना गर्न उत्साह मिलिरहेको छ । प्रियंका कार्की, आयुष्मान देशराज र डा। डिजन भट्टराईले अभिनय गर्नुभएको छ ।

    –‘मायाको खेल’ एल्बमकै नाम हो ?
    खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले लेख्नुभएको यही गीतबाट एल्बमको नाम राखेको हुँ । यो मेरो दोस्रो एल्बम हो ।
    –एल्बममा कस्ता खालका गीत समेटिएका छन् ?
    यो एल्बममा आधुनिक र राष्ट्रिय गरी आठवटा गीत समेटेको छु ।

    –अरू गीतका पनि भिडियो बनाउनुभएको छ ?
    मैले यही एल्बमबाट यसअघि ‘सम्झनाको शीत खस्दा’ बोलको गीतको भिडियो बनाएको थिएँ । यसका गीतकार मनु लोहोरुङ र संगीतकार शिखर सन्तोष हुनुहुन्छ । भिडियोको निर्देशन वीरेन्द्र भाटले गर्नुभएको छ । झरना थापा र शशी शर्मा मजगैयाँले अभिनय गर्नुभएको छ ।

    –एल्बमका गीतमा को–को स्रष्टासँग सहकार्य गर्नुभएको छ ?
    शब्दतर्फ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, राष्ट्रिय गान सर्जक व्याकुल माइलालगायत हुनुहुन्छ । संगीतततर्फ कन्काइस्ट राई, शिखर सन्तोष, राजनराज शिवाकोटी, दिनेश सुब्बा, कृष्णभक्त राईसँग सहकार्य गरेको छु ।

    –पहिलो एल्बम ‘कस्तो सपना’को बजारचाहिँ कस्तो रह्यो ?
    धेरै राम्रो भयो । दर्शक÷श्रोताले मन पराइदिनुभयो । यही एल्बमले थप परिचय पनि दिलायो ।

    –त्यो एल्बमका कति गीतको भिडियो बनाउनुभयो ?
    सात गीतमध्ये तीनचारवटाको भिडियो बनाएँ । ‘मातृभूमि नेपाल हाम्रो’, ‘शरदको फूलजस्तै’ र ‘अरूले जेसुकै ठाने पनि’ बोलका गीतका भिडियो छन् । ती सबै भिडियो दर्शकले निकै रुचाउनुभयो ।
    –त्यही एल्बमकै गीतमा हो पूर्वप्रधानमन्त्री झलनाथ खनालले अभिनय गर्नुभएको ?
    हो । उहाँकै शब्द रहेको ‘मातृभूमि नेपाल हाम्रो’ बोलको गीतको भिडियो बनाएँ । गीत रेकर्ड गर्दा उहाँ प्रधानमन्त्री पदमा आसिन हुनुहुन्थ्यो । भिडियो बनाउँदा उहाँ निवर्तमान बनिसक्नुभएको थियो ।

    –उहाँसँगको सहकार्य कसरी सम्भव भयो ?
    उहाँ राजनेता मात्रै होइन कि राम्रो कवि तथा गीतकार पनि हुनुहुन्छ । त्यसैले मैले उहाँलाई गीत लेखिदिन आग्रह गरें । उहाँले मेरो आग्रह स्वीकार गरी गीत लेखिदिनुभयो । त्यही शब्दमा कृष्णभक्त राईले संगीत भर्नुभयो । मैले स्वर भरेपछि उहाँले गीत मन पराउनुभयो । गीतको भिडियो बनाउने कुरा चल्यो । मैले उहाँलाई अभिनय गर्न आग्रह गरें । मेरो आग्रह सहर्ष स्वीकार गरी उहाँले अभिनय गर्नुभयो । भिडियो निर्देशन सुव्रत आचार्यले गर्नुभएको छ । भुवन केसी, सुशील क्षेत्री, सीमान्त उदास, निस्मा घिमिरेलगायतको पनि अभिनय छ ।

    गायक राईको पछिल्लो चर्चित एल्बम

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology