सोमवार, भदौ २, २०७६

मिस नेपाल प्रिया प्रत्यक्ष राजनीतिमा, साझा पार्टीको केन्द्रीय सदस्य मनोनित

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौं । २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल प्रत्यक्ष राजनीतिमा आएकी छिन् । लामो समयदेखि हात्तीहात्ती संस्थामा कार्यरत प्रिया साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् । उनी साझा पार्टीमा आएको र केन्द्रीय सदस्यमा मनोनित भएको अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् ।

    ‘देशभित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ’ साझा पार्टीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका क्षेत्रमा कार्यरत थिइन । फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी प्रियाले ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना सहभागिता जनाइसकेकी छिन् ।

    ‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुन्छ होला भन्ने थियो’ उनले भनिन् ‘तर मलाई भित्रैदेखि राजनीतिमा आएर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर थियो । त्यही भएर सक्रिय राजनीतिमा आएकी छु ।’

    सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देललाई पार्टीमा जिम्मेवारी दिनु उत्साहजनक भएको निस्कर्ष साझा पार्टीले निकालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology