सोमवार, भदौ २, २०७६

हलमा दर्शक तान्दै साइनो, प्रथम नायिकालाई साथ

  • प्रकाशित मिति : आइतवार, साउन २६, २०७६



  • काठमाडौं । नेपालकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ले दर्शकलाई हलमा तान्न थालेको छ । यो फिल्मले पहिलो दिनको तुलनामा दोस्रो दिन राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

    काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा फिल्मले राम्रो व्यापार गरेको छ । नेपाली फिल्म हेर्न दर्शक हलसम्म पुग्न कठिन भइरहेको अवस्थामा ‘साइनो’ टिमलाई राहत मिलेको छ । उपत्यकाबाहिर चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोडलगायत स्थानमा पनि यसले राम्रै व्यापार गरिरहेको छ । डिस्ट्रिब्युटर ब्यांकेटसका अनुसार साइनोको व्यापार उत्साहजनक छ ।

    कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलगायतले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चन्द्रविनायक फिल्म्स प्रोडक्सनको ब्यानरमा रमेश थापाले यो फिल्मको निर्देशन गरेका छन् । राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायत कलाकार को अभिनय छ ।
    यो फिल्मका कार्यकारी निर्माता शरण थापा हुन् । फिल्म अभिमन्यु निरबीले लेखेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology