सोमवार, भदौ २, २०७६

सोमपाल आबद्ध हक्स टी-२० च्याम्पियन

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • एजेन्सी । ग्लोबल टि-२० क्यानडाको उपाधि नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले जितेको छ । यससँगै नेपालका सोमपाल कामी विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

    आइतबार राति भएको फाइनल खेलमा विनिपेगले भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो । १९३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १९२ रन नै बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।

    सुपर ओभरमा विनिपेगले जितको लागि १० रनको लक्ष्य पाएको थियो । निकै रोमाञ्चक खेलमा विनिपेगले सुपर ओभरमा जित निकाल्यो । यसअघि १९३ रनको लक्ष्य पछ्याउने क्रममा भ्यानकुभर नाइट्सका सोयब मालिकले ६४ र आन्ड्रे रसेलले अविजित ४६ रन बनाए पनि जित दिलाउन सकेनन् ।

    त्यस्तै, टस हारेर पहिले ब्याटिङ गरेको विनिपेग हवक्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९२ रन बनाएको थियो । उसका लागि शइमन अनवारले ९० रन बनाए ।

    सोमपालले भने विनिपेगबाट एक खेल मात्रै खेल्न पाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology