आइतवार, भदौ ८, २०७६

किन गरिएन लडाकु शिविरको भ्रष्टाचार छानबिन ? महेश बस्नेतको उजुरी अख्तियारबाटै गायव

  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६



  • काठमाडौं । पाँच बर्षअघि तत्कालिन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले तत्कालिन माओवादी शिविरमा भएको भ्रष्टाचारलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताबिरुद्ध उजुरी दिए । उजुरी दिएको पाँच बर्ष बितिसकेको छ तरपनि माओवादी शिविरभित्र भएको भ्रष्टाचारको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र गम्भीर निन्द्रामा सुतिरहेको छ ।

    २०७१ साल असोज ५ गते तत्कालिन युवा संघका अध्यक्ष महेश बस्नेतसहितको टोलीले तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, कृष्णबहादुर महरालगायतका नेताबिरुद्ध भ्रष्टाचारको उजुरी दिएका थिए । २०७३ साल भदौ ३१ देखि उजुरीमाथी छानविन शुरु गरिएको औपचारिक जानकारी अख्तियारले पत्रकार सम्मेलन मार्फत दिएको पनि थियो । अख्तियारले औपचारिकरुपमा छानविन थालेको लगभग तीन बर्ष पुग्न थाल्यो । तरपनि शिविरमाथीको भ्रष्टाचारले कानुनी बाटो पाउन सकेको छैन ।

    युद्धबाट शान्तिमा रुपान्तरण हुँदै गर्दा तत्कालिन जनमुक्ति सेनालाई शिविरमा राखिएको थियो । शिविरमा रहेका लडाकुलाई सरकारले रासन भत्ता दिने गरेको थियो । त्यही रासनमा ४ अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै युवा संघ नेपालले लिखित उजुरी दिएको थियो । उजुरी दिएको पाँच बर्षसम्म छानविन कहाँ पुग्यो ? युवा संघका केही नेताहरुले अहिले पनि प्रश्न गर्न थालेका छन् ।

    माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार राजनीतिक दवावमा दविरहेको छ । उजुरी दिने तत्कालिन एमालेको युवा संघ र अभियुक्त पार्टी माओवादी दुवै एक भइसकेका छन् । कहिलेपनि नखुल्ने गरी शिवरको भ्रष्टाचार अख्तियारमा बन्द भइसकेको छ । ‘शिविरको भ्रष्टाचार द्धन्द निरुपण तथा ब्यवस्थापनमै राखियो’ उजुरी कर्ता नेकपा सांसद महेस बस्नेतले भने ‘अख्तियारले भ्रष्टाचारलाई पनि द्धन्द ब्यबस्थापनका रुपमा लिएको हुनसक्छ । त्यही भएर छाननिव भएन ।’ द्धन्द र सुशासनको कुरा फरक हो तरपनि अख्तियारले सुशासनलाई द्धन्दसँग गरेको बस्नेतले आँकलन गरेका छन् । युवासंघको उजुरी अख्तियारको कुन दराजमा थन्किएको छ ? छानविनकर्तालाई नै थाहा छैन ।

    २०७३ सालमा छानविन खट्टिएका कर्मचारी यतिबेला अख्तियारमा छैनन् । कतिपयले अवकास पाएभने कतिपयको सरुवा भइसकेको छ । अख्तियारले प्रतिबेदन समेत बनाउन नसकेको स्रोतले बताएको छ ।

    कुनै समय लोकमान सिंह कार्कीले लडाकु शिविरको भ्रष्टाचारलाई माओवादी तर्साउने हतियार बनाएका थिए । लोकमानलाई सर्वाेच्च अदालतले बोलाएलगतै उनले लडाकु शिविरमा भएको भ्रष्टाचार छानविन भइरहेको बताएका थिए । लोकमानको बर्हिगमनसँगै लडाकु शिविरभित्रको छानविन अख्तियारभित्रै समाधि बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology