बुधबार, अशोज १, २०७६

सामाजिक सञ्जालमा सक्रिय आमा हिमानी र छोरी पूर्णिका

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं । गणतन्त्रका शासकप्रति जनविश्वास कम भइरहेका बेला पूर्वदरवारीया शक्ति सक्रिय बनेको छ । पूर्वराजपरिवारका सदस्यहरु सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालमा निकै सक्रिय बन्न थालेका छन् ।

    पछिल्लो समय पूर्वराजपरिवारका तीन सदस्य निकै सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाह र पारसपुत्री पुर्णिका । राजनीतिक इस्यूमा कुनै पनि प्रतिक्रिया नजनाउने उनीहरु सामाजिक इस्यूमा भने बारम्वार प्रतिक्रिया दिइरहेका छन् ।

    पूर्वराजाले धार्मिक भ्रमणका नाममा तराई क्षेत्रमा आफ्नो शक्ति आँकलन गरे । त्यसपछि राजसंस्था फर्किनेमा उनीहरु आशाबादी पनि भए । धार्मिक भ्रमणपछि पूर्वराजाले विदेशतिर मात्र यात्रा गरिरहेका छन् । एक महिनाका लागि उनी थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् ।

    यता पूर्वयुवराज्ञी हिमानी शाह र छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन् । आफ्ना मनका कुरादेखि सामाजिक बिषयबस्तुमा उनीहरुले भावना पोखिरहेका छन् । हिमानी शाहले बाढी पीडितदेखि पशुपतिमा जलिरहेका मुर्दासम्मको बयान सामाजिक सञ्जाल फेसबुकबाट गर्न थालेकी छिन् ।

    ‘जल्नेहरु शान्त छन्, जलाउनेहरु यहाँ रोइरहेका छन्’ केही हप्ता अघि उनले एउटा मार्मिक स्ट्याट्स सामाजिक सञ्जालमा राखेकी थिइन । त्यसपछि उनले प्रेमलाई पनि परिभाषित गरेकी छिन् । ‘हरेक सम्बन्धमा प्रेम, हरेक प्रेम सम्बन्धमा माया हुन्छ भन्ने छैन’ उनले प्रेमका बारेमा आफ्नो धारणा राखेकी छिन् । पछिल्लो समय पति पारस शाहको माया पाउन नसकेकी हिमानीले प्रेमलाई गहिरोरुपमा अर्थयाउन खोजेकी छिन् ।

    हिमानीभन्दा छोरी पूर्णिका सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी आमा र बाबुभन्दा हजुरबाका बारेमा धेरै स्ट्याटसहरु राख्ने गर्दछिन् । हिमानी र पूर्णिका फेसबुक, ट्वीटर र इन्स्ट्राग्राममा सक्रिय छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology