सोमवार, भदौ २, २०७६

उमेर हदबन्दीले तिलमिलाए बैंकर, राष्ट्र बैंकमा बेनामे उजुरी, कानुनी उपचार खोज्ने धम्की

  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६



  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकले उमेर हदको विरोध गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रमुख कार्यकारी (सीईओ) र सञ्चालकको उमेर हद तोकेपछि उनीहरूले यसमा संशोधनको माग गरेका छन् ।

    राष्ट्र बैंकले गत साता एकीकृत निर्देशन २०७५ संशोधन गरेको हो । त्यसअनुरुप ७० वर्ष पुगेका व्यक्ति सञ्चालकमा नियुक्त तथा मनोनीत हुन पाउँदैनन् । ७४ वर्ष नाघेका व्यक्ति सञ्चालकमा बहाल नहुने नीति राष्ट्र बैंकले ल्याएको छ । ६५ वर्ष नाघेका व्यक्ति सीईओ नियुक्त हुन नपाउने र ६९ वर्ष नाघेको सीईओले स्वतः पदबाट अवकाश हुने व्यवस्था छ ।

    यसअघि सीईओ तथा सञ्चालकका लागि उमेर हद थिएन । सञ्चालकको उमेर हदविरुद्ध दुई समूहले पत्र बुझाएको राष्ट्र बैंक उच्च स्रोतले जनाएको छ । ‘एउटा पत्रमा बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीको बेनामी पत्र आएको छ । अर्कोमा चार सञ्चालकसहितको पत्र आएको छ’, पत्रबारे उल्लेख गर्दै स्रोतले भन्यो, ‘राष्ट्र बैंकले उमेर हदबन्दी लगाउन पाउँदैन । यो कानुनविपरीत हो । हाम्रो मागको सुनुवाइ नगरे कानुनी उपचार खोज्न बाध्य हुनेछौं भनेर सञ्चालकले पत्र बुझाएका छन् ।’

    राष्ट्र बैंकको निर्देशनविरुद्ध खडा भएको सनराइज बैंकका निर्देशक इ. बछराज तातेरले बताए । आफू उमेर हदबन्दी संशोधनको माग राख्न भने नगएको उनले बताए । उनका अनुसार राष्ट्र बैंकको यो निर्देशन व्यावहारिक नभएकामा सबै सञ्चालक एकमत छन । केन्द्रीय बैंकले सुझावै नलिई निर्णय गर्दा आफ्नो लगानी जोखिममा रहेको उनको तर्क छ । ‘केन्द्रीय बैंकले हाम्रो व्यवसाय तथा लगानीको संरक्षण गरिदिनुप¥यो’, उनले भने, ‘यसरी अपरझट निर्देशन दिनु गलत हो । यसलाई संशोधन गरिनुपर्छ ।’

    एभरेस्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नबिल बैंकका अध्यक्षलगायत बैंकका सञ्चालकलाई उमेर हदबन्दीले सञ्चालकबाट हट्न बाध्य बनाएको छ । प्राइम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरलाई उमेरहद लागेको छ । यसबाहेक धेरै बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पनि उमेर हद लाग्ने राष्ट्र बैंकले बताएको छ ।

    बैंकका सञ्चालक केही भारत बस्ने र नेपालमा पनि नआउने, यहाँको बैंक तथा वित्तीय संस्थाका नीति नमान्ने, मर्जरमा जान अनुरोध गर्दा अटेर गर्नेलगायत कारणले गर्दा यस्तो निर्देशन जारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । सञ्चालक तथा सीईओ लामो समय एउटै संस्थामा रहँदा मनोपोली हुन सक्ने र सुशासनमा आँच आउन सक्ने राष्ट्र बैंकको बुझाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology